फुलबारीको साधारणसभा सम्पन्न

फुलबारीको साधारणसभा सम्पन्न

दैलेख असेाज १५ ।
दैलेखको गुराँस गाउँपालिका –३ खुम गाउँमा रहेको फुलबारी बाल क्लवले आफ्नो चौथो साधारण सभा बुधबार सम्पन्न गरेको छ । बाल क्लवका अध्यक्ष तथा कर्णाली प्रदेश स्तरिय बाल सञ्जालका उपाध्यक्ष याम बहादुर बिकको अध्यक्षतामा आयोजित साधारण सभामा बाल क्लवले गरेको कामको बारेमा सरोकारवालाहरुले प्रशंसा गरेका छन् ।
साधारण सभामा गुराँस गाउँपालिका–३ का वडाध्यक्ष गंगाराम खत्रीले बाल क्लवले गरेका कामहरुलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताए । ‘आगामी दिनमा पनी बाल बिवाह लगायतका कुप्रथाका बिरुद्ध अभियान लिएर अघि बढ्नुहोस्, हामी तपाईहरुको साथमा छौ,’ उनले भने ‘समाजमा भएका कुसंस्कारका बिरुद्ध हामी सबै एकजुट नभएसम्म हामी सुध्रिदैनौ ।’ उनले बाल क्लवका कारण आफुहरुको वडामा कयौँ बालबिवाहहरु रोक्न सफल भएको सुनाउदैँ सहयोग गर्ने सबैमा धन्यवाद समेत दिए ।

कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता हिरासिहं थापाले बाल क्लवलाई आगामी दिनमा अझ परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिए । बिगतमा दिनहरुमा बाल क्लवसँग आफुहरुको गरेको सहयोग र समन्वयलाई अझ प्रभावकारी बनाएर लैजाने समेत उनले प्रतिबद्धता जनाएका थिए । ‘हामी बालबिवाह गर्नुहुदैन् भनेर अभियान चलाउछौ, तपाईहरुले सहयोग गरिरहनुभएको छ,’ थापाले शुभकामना भन्दै भने ‘सामाजिक रुपमा परिवर्तन ल्याउनका लागी आउने दिनमा पनी समन्वय गरौला, तपाईहरु अझ राम्रो गर्दै जानुस् ।’
एभरेष्ट क्लवद्धारा सञ्चालित युवा शसक्तिकरण (बुलगारी) परियोजनाका संयोजक टेकराज आचार्यले बाल क्लवलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । बाल क्लवले युवा शसक्तिकरण लगायतका अन्य बिषयमा सामाजिक जागरणका काम गरेको भन्दै आगामी दिनमा पनी अझ कटिबद्ध भएर अघि बढ्न शुभकामना दिए । बाल क्लवले क्लवमा उत्कृष्ठ काम गर्ने पदाधिकारी तथा सहयोग गर्ने व्यक्तिहरुले सम्मान पत्र सहित सम्मान गरेको थियो भने बार्षिक प्रगति प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । क्लवमा अध्यक्ष याम बहादुर बिकले आगामी दिनमा क्लबको अभियानलाई सशक्त बनाउन समुदाय र सरोकारवाला निकायहरुको सहयोग चाहिने बताए । थुप्रै कठिनाईहरु पार गर्दै क्लबलाई यो स्थानसम्म ल्याईपु¥याएको उनको भनाई छ ।

प्रतिक्रिया