मोदीको भाषण प्रत्यक्ष प्रसारण नगरेका कारण ‘दूरदर्शन’ का सहायक निर्देशक निलम्बित

मोदीको भाषण प्रत्यक्ष प्रसारण नगरेका कारण ‘दूरदर्शन’ का सहायक निर्देशक निलम्बित

एजेन्सी । भारतको ‘दूरदर्शन’ टीभीका सहायक निर्देशकलाई प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रत्यक्ष प्रसारण नगरेका कारण निलम्बन गरिएको छ ।

गएको सेप्टेम्बर ३० मा प्रधानमन्त्री मोदीले चेन्नईको आईआईटी मद्रासको अनुसन्धान केन्द्रमा आयोजित ुसिंगापुर–इण्डिया ह्याकाथनु २०१९ मा भाषण गरेका थिए । दूरदर्शनका सहायक निर्देशक आर। वासुमतिले त्यो कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्न नसकेको आरोप छ ।

भारतको सार्वजनिक प्रसारण एजेन्सी प्रसार भारतीको तर्फबाट अक्टोबर १ मा जारी गरिएको आधिकारिक आदेशमा निलम्बनको कुनै कारण बताइएको छैन । चेन्नईमा दूरदर्शन केन्द्रका सहायक निर्देशक ९कार्यक्रम० आर। वासुमतिलाई सम्बन्धित नियमअनुसार तत्काल प्रभावबाट निलम्बित गरिएको छ– आदेशमा भनिएको छ ।

‘न्यूज मिनट’ ले प्रसार भारतीको एक सूत्रलाई जनाउँदै वासुमतिले जानीजानी नरेन्द्र मोदीको भाषणको प्रत्यक्ष प्रसारण नगरेको जनाएको छ । वेबसाइटले लेखेको छ, ‘प्रत्यक्ष प्रसारण गर्ने स्पष्ट निर्देशन आए उनले भाषणको प्रत्यक्ष प्रसारण नगरेका हुन् ।’

प्रधानमन्त्रीले ‘इण्डिया सिंगापुर ह्याकाथन’ २०१९ र मद्रास आईआईटीको ५६ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

दूरदर्शनका एक अधिकारीले भने डीडी पोडिगईका कर्मचारीहरुलाई प्रधानमन्त्री मोदीको भाषण प्रत्यक्ष प्रसारण गर्ने अनुमति नपाएको बताए ।

प्रतिक्रिया