मेक्सिकोमा एम्बुस आक्रमणबाट १४ प्रहरी अधिकृत मारिए

मेक्सिकोमा एम्बुस आक्रमणबाट १४ प्रहरी अधिकृत मारिए

मेक्सिको सिटी : मेक्सिकोमा १४ जना प्रहरी अधिकृत एम्बुस आक्रमणमा मारिएका छन् । साथै ९ जना घाइते छन् ।लागुऔषध तस्करहरुको प्रभावित क्षेत्र पश्चिमी मिकोअकनमा हतियारधारी समूहले राखेको एम्बुसमा उनीहरुको ज्यान गएको हो ।

प्रहरी अधिकृतहरुलाई लक्षित गर्दै हतियारधारीहरुले गोली प्रहार समेत गरेका थिए । रक्षा मन्त्रालयका अनुसार सरकारले घटनाको बारेमा छानविन गरिरहेको छ ।

प्रतिक्रिया