मुस्लिम यूवतीहरुमा łपढ्दापढ्दै विहे !

मुस्लिम यूवतीहरुमा łपढ्दापढ्दै विहे !

ज्वाला सन्देश सम्वाददाता

कुराह दुल्लु (दैलेख), – रादियाँ मियाँ अहिले १७ वर्षकी भईन् । ८ कक्षामा पढ्दापढ्दै विहे गरेकी रादियाँ घरजममै ब्यस्त भईन् । त्यसयता घरजममै अल्झलिएकी रादियाँले पढाई पनि छाड्नुप¥यो । पढ्दापढ्दै गाँउमै मुस्लिम केटासंग विहे गरेकी उनले अन्तत त्यही विहेकै कारण पढाईलाई रोक्नुप¥यो । łविहेपछि पढाईभन्दा पनि घरको काम बढी प्राथमिकतामा पर्न थाल्यो ।’ रादियाँले भनिन् łअनि घरबाट विद्यालय जाने समय निकाल्नै सकिएन् । कसरी पढ्नु ?’ रादियाँझैं सविदा मियाँको पनि ब्यथा उस्तै छ ।

वनाउदै गरेको चुराको भट्टि र व्यवसायीहरु आगोको रापमा वसेर चुरा वनाउदै ...........
वनाउदै गरेको चुराको भट्टि र व्यवसायीहरु आगोको रापमा वसेर चुरा वनाउदै ………..

१० कक्षासम्म पढेकी २० वर्षीया सविदा विहेपछि पढाईलाई बे्रक लगाईन् । १६ वर्षकै उमेरमा विहेबन्धनमा बाँधेकी सविदाको अहिले ३ वर्ष छोरी सादियालाई हुकाउँदै छिन् । विहेपछि १ वर्ष विद्यालय नगएकी सविदा अहिले १० कक्षासम्म पढेपनि माथि पढ्न सकिनन् । धुलेश्वर उमावि चगक्रामा पढ्ने मुस्लिम यूवती रादियाँ र सविदा मात्र होईन् अधिकाँश ५ देखी १० कक्षाबाट आफ्नो औपचारिक पढाईबाट विदा लिन्छन् । मुस्लिम यूवती रादियाँ र सविदा प्रतिनिधि पात्र हुन् । दैलेखको दुल्लुनगरपालिका – १० कुराह गाँउका अधिकाँध मुस्लिम यूवतीहरु कलिलै उमेरमा विहे र गरिवीका कारण माध्यमिक तहनै पुरा गर्न पाउँदैनन् । यूवतीहरु विहेकै कारण पढाई अगाडी पढाउन चाहदैनन् भने यूवकहरु राजगारीका भारततिर हानिने भएकाले अल्पसंख्यत जातिका रुपमा रहेका मुस्लिम समुदायमा शैक्षिकअवस्था दयनिय छ । पारिवारिक बातावरणले पनि मुस्लिम यूवतीहरुलाई पढाईमा रोक लगाएको यूवतीहरु स्वयम बताउँछन् । łठुलोहुँदै गएपछि विहे, विहेपछि घरकै कामकाजमै ध्यान हुने भएकाले मनमा बढ्ने ईच्छा हुँदाहुँदै पनि चुप बस्नुपर्छ ।’ एक यूवतीले भनिन् łपढ्न जाँदा घरको काम र छोराछोरी कसले हेर्ने ?’ । कुराह बस्तीमा वुटवलबाट विहे गरेर आएकी १७ वर्षकी खकिना खातुन पढ्दापढ्दै विहे गरेर आईन् । ६ कक्षामा पढ्दै गरेकी खकिना विहेपछि पढाईलाई रोक्नुपर्ने बाध्यता नै भएको बताउँछिन् । पढ्ने ईच्छा हुँदाहुँदै पनि विहेपछि पढ्ने बातावरण नै नमिलेका कारण आफुले नपढेको बताईन् । १५ वर्षदेखी माथिका मुस्लिम यूवतीहरु मनपरेको गाँउकै मुस्लिम केटासंग कलिलै उमेरमा विहे गर्ने चलन कायमै रहेकाले उनीहरुको पढाईमा असर परेको गाँउकै वृद्ध ६० वर्षिय कलिम मियाँले बताए । अहिले मुस्लिम महिलाभन्दा पनि बढी पुरुषहरु विद्यालयबाहिर छन् । उर्दु र अरबियन भाषाका लागि भारतबाट शिक्षक झिकाएर पढाई सुरु गरिएपनि सरकारले उर्दु र अरबवियन भाषाका पाठ्यपुस्तनका लागि पैसा नछुट्दाउँदा विद्यार्थीले आफै किन्नेर पढ्ने गरेको प्राधानाध्यापक भक्तिप्रसाद उपाध्यायले बताए । गाँउमै मदरसा प्रावि भएपनि उच्चशिक्षा गर्ने मुस्लिमहरु छैनन् । एक वर्षअघि ईव्राहिम मियाँले डिप्लोमा गर्ने पहिले यूवक हुन् । उनी बाहेकहरुले १० कक्षा पनि उत्तिर्ण गरेको रेर्कड छैन् । १७ सय वर्षपहिले दुल्लु राज्यका रानीको लागि श्रृगार सामाग्री चुरा बनाउनका लागि पश्चिम भारतबाट आएका उनीहरुको कुराहमा ५७ घरमा ४ सय ४८ जंनसंख्या रहेको छ ।

प्रतिक्रिया