ट्रम्पले लेखेको चिठी टर्कीका राष्ट्रपतिले फोहरको टोकरीमा फ्याँकिदिए !

ट्रम्पले लेखेको चिठी टर्कीका राष्ट्रपतिले फोहरको टोकरीमा फ्याँकिदिए !

एजेन्सी । प्रायः सामाजिक सञ्जाल ट्विटरमा ट्वीटका कारण चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस पटक एउटा चिठीका कारण चर्चामा आएका छन् । ट्रम्पले लेखेको चिठीको भाषा देखेर टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले त्यसलाई सिधै रद्दीमा फ्याँकिदिए ।

सिरियाबाट अमेरिकी सेना फिर्तापछि राष्ट्रपति ट्रम्पले गएको ९ अक्टोबरमा टर्कीका राष्ट्रपति इर्दोआनलाई सरकारी चिठी पठाएका थिए, जसमा भनिएको थियो– धेरै कडा नबन्नुस्, बेवकुफी नदेखाउनुस् ।

चिठीमा ट्रम्पले उत्तरी सिरियामा कुर्दोको अगुवाइमा सेनाको विरुद्ध सैन्य कारबाही नगर्न टर्कीका राष्ट्रपति एर्दोआनलाई अनुरोध गरेका थिए ।

तर राष्ट्रपति एर्दोआनले ट्रम्को चिठीलाई रद्दीमा फ्याँकेको र आक्रमणको आदेश दिएको बीबीसीले बताएको छ ।

अमेरिकाले सिरियाबाट आफ्नो सैनिक हटाउने निर्णय गरेको थियो, त्यसपछि ट्रम्पले अब टर्कीले सैन्य कारबाही गर्न सक्छ भनेर टिप्पणी दिएपछि त्यसको कडा आलोचना भएको थियो ।

त्यसपछि अमेरिकी उपराष्ट्रपति माइक पेन्स टर्की पुगेका थिए र टर्की युद्धविरामको लागि तयार भएको थियो । उपराष्ट्रपति पेन्सले आगामी पाँच दिनसम्म युद्ध बन्द रहने र अमेरिकाले कुर्द सैनिकलाई पछि हट्न मद्दत गर्ने बताएका थिए ।

ट्रम्पले के लेखेका थिए ?

डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपतिलाई लेखेको चिठी सबैभन्दा पहिला अमेरिकी च्यानल फक्स न्युजले जारी गरेको थियो ।

चिठीमा लेखिएको थियो, ‘आउनुस् एउटा राम्रो सम्झौताको कोसिस गरौँ । तपाईँ हजारौँ मानिसको ज्यान जाने काममा संलग्न हुन चाहनुहुन्न । या टर्की अर्थव्यवस्थालाई डुबाउन चाहनु नै हुन्छ रु जुन कुरा म गर्छु ।’

‘तपाईँले सबै कुरा सही र मानवीय तरिकाबाट गरेको खण्डमा इतिहासले तपाईँलाई उदारतापूर्वक देख्नेछ । तर यस्तो हुन नसकेमा इतिहासले तपाईँलाई एक दानवका रुपमा देख्नेछ । कडा नबन्नुस्, बेवकुफी नबनाउनुस् ।’

‘म तपाईँलाई पछि फोन गर्नेछु’, ट्रम्पले लेखेको चिठीमा भनिएको छ ।

यो चिठीपछि टर्कीले कस्तो प्रतिक्रिया दिन्छ भनेर बीबीसीले टर्कीको राष्ट्रपति कार्यालयलाई सम्पर्क गर्दा ‘राष्ट्रपति एर्दोआनले चिठी प्राप्त गरेको र त्यसलाई सिधै रद्दीको टोकरीमा फ्याँकेकोु बताइयो ।

र त्यही दिन टर्कीले सिरियामा आक्रमण गर्ने बताएको थियो ।

प्रतिक्रिया