बगदादीको हत्यापछि आईएसआईएसमा नयाँ नेता छानिए

बगदादीको हत्यापछि आईएसआईएसमा नयाँ नेता छानिए

बगदाद : हतियारधारी लडाकु समूह आईएसआईएसले आफ्ना नेता अबु बर्क अल बगदादीको मृत्यु पुष्टि गर्नुका साथै नयाँ नेता चयन गरेको छ ।

अबु इब्राहिम अल हसिमी अल कुरैसीलाई उक्त समूहले नयाँ नेताको रुपमा चयन गरेको हो । आईएसआईएसका नयाँ प्रवक्ता अबु हम्जा अल कुरैसीले यस्तो सार्वजनिक गरेका हुन् ।

अल बगदादीको हत्या भएको एक सातापछि विज्ञप्ति (अडियो सन्देश) निकाल्नै यसबारे समाचार सार्वजनिक गरिएको हो । ७ मिनेट लामो सन्देशमा बगदादीलाई श्रद्धाञ्जली पनि दिइएको छ ।

प्रतिक्रिया