मर्यादित महिनावारीबारे सूचना टाँस गर्दै युवा कचहरी

मर्यादित महिनावारीबारे सूचना टाँस गर्दै युवा कचहरी

मर्यादित महिनावारी र बाल विवाह सम्बन्धि सूचना टाँस गर्दै युवा कचहरीका सदस्यहरु ।

दैलेख मंसिर १ गते । भैरबी गाउँपालिका वडा नं. ४ मा गठित समाज रुपान्तरण युवा कचहरीले मर्यादित महिनावारीबारे सूचना टाँस गरेको छ । यस अघि देखिनै अभियान सञ्चालन गर्दै आएको युवा कचहरीले आइतवार यहाँका २५ घरधुरीमा सूचना टाँस गरेको हो ।
युवा कचहरीले पालिकाको शिक्षा शाखा, महिला विकास शाखा र स्वास्थ्य शाखामा समेत मर्यादित महिनावारी र बाल विवाह सम्बन्धि सूचना टाँस गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित आधार परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले ज्वाला सन्देशलाई जानकारी दिईन् । युवा कचहरीले भैरबी गाउँपालिका–४ लाई बाल विवाह मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता समेत जनाएको छ । युवा कचहरीका अनुसार अब बाल विवाह मुक्त वडा बनाउने अभियान तिब्र पारिनेछ ।

प्रतिक्रिया