बाल विवाह न्यूनिकरण गर्न शिक्षक र विद्यार्थीलाई तालिम

बाल विवाह न्यूनिकरण गर्न  शिक्षक र विद्यार्थीलाई तालिम

दैलेख मंसिर ५ गते ।
बाल विवाह न्यूनिकरणका लागि दैलेखमा सचेतनामुलक कार्यक्रम सञ्चालन थालिएको छ । सचेतनामुलक कार्यक्रम अन्तरगर्त बिहिवार देखि जिल्लाका ४८ माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीलाई तालिम सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रनले संयुक्त रुपमा तालिम सञ्चालन गरेका हुन् । जिल्लाका ४८ माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थी गरि १ सय ४४ जनालाई तालिम दिन लागिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले जानकारी दिए । ‘जिल्लाका सबै माध्यामिक विद्यालयबाट एक जना शिक्षक, एक जना छात्र र एक जना छात्रा सहभागि हुनुहुन्छ,’ विसीले भने ।

तालिम अवधीभर सेभ द चिल्ड्रेनका टिका विकले बाल विवाहबारे जानकारी दिनेछन् । बाल विवाहका कारणहरु, बाल विवाहका शारिरिक मानसिक, मनोवैज्ञानिक तथा प्रजनन स्वास्थ्य र यसबाट शिक्षा, स्वास्थ्य रोजगारी, पारिवारिक कलह, देश विकासमा पर्ने असरहरु, बाल विवाहबाट निम्तिने अपराधहरु, लागु औषध दुव्र्यसनीले बालबालिकामा पार्ने असरहरुबारे प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले प्रशिक्षण दिनेछन् । यस्तै बाल विवाह सम्बन्धि कानुनी व्यवस्था, बोक्सी आरोप तथा कानुनी व्यवस्था, जातिय भेदभाव, छुवाछुत तथा कानुनी व्यवस्थाबारे सरकारी वकिल द्रोणप्रसाद पौडेलले जानकारी दिनेछन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बाल विवाह अन्त्यका लागि भएका प्रयासहरुबारे जानकारी गराउनेछन् भने बाल विवाह न्यूनिकरणका लागि विद्यालय स्तरिय कार्ययोजना तयार पारिनेछ ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उद्घाटन गरेका छन् । तालिम उद्घाटनका अबसरमा प्रमुख जिल्ला अधिकारी कट्टेलले यो कार्यक्रमले बाल विवाह न्यूनिकरणमा सघाउ पु¥याउने बताए । जिसस दैलेखका कार्यवहाक प्रमुख बालकृष्ण केसीले बाल विवाह न्यूनिकरणका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरेका कामको प्रशंसा गर्दै बाल विवाह न्यूनिकरणमा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताए । बाल विवाह न्यूनिकरणका लागि सचेतना जगाउने र विद्यालय स्तरिय कार्ययोजना बनाउने उदेश्ले कार्यक्रम सञ्चालन गरिएको डिएसपी हरिबहादुर ओलीले बताए ।

प्रतिक्रिया