अन्याय विरुद्ध अगुवा आवश्यक ः भट्टराई

अन्याय विरुद्ध अगुवा आवश्यक ः भट्टराई

दैलेख, कात्तिक २३ –
जिविस÷एलजीसीडीपीका जिल्ला सुशासन विज्ञ जनक भट्टराईले समाजका प्रेरक कुरालाई प्रोत्साहित गर्न अन्याय अत्याचार विरुद्ध समाजसेबीले अगुवाई गर्नु पर्ने बताउनु भएको छ । भट्टराईले समाजसेबी आफूले भोगेको वा अरुलाई असर परेको कुरीति कुसंस्कार हटाउन जरुरी रहेको आवश्यकता औल्याउनुभयो । lalg
स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाका समुदाय स्वयम्सेवकका लागि सञ्चालित ४ दिने सामाजिक जवाफदेहिता तथा आधारभूत तालिमको समापन कार्यक्रममा उहाँले तालिममा सिकेको ज्ञान सीपले क्षमता विकास गरेको उहाँले विश्वास गर्नु भयो ।
परियोजना सञ्चालक संस्था सेवकका अध्यक्ष महारुप खत्रीले तालिममा जानेका विषय भन्दा सीप कार्यान्वयन कठिन हुने बताउनुभयो । तर इच्छा शक्तिका साथ जुटेमा असंभव नरहने उहाँले धारणा राख्नुभयो । स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाका जिल्ला कार्यक्रम संयोजक दुर्लभ बोगटीले विकासमा सहयोगीको भूमिका खेल्न आग्रह गर्नुभयो ।
तालिम समापन कार्यक्रममा सेवकका कोषाध्यक्ष सीपी शर्मा, फिल्ड सुशासन अधिकृत चक्र जीसी, पत्रकार अमर सुनार, तालिमका सहभागी समुदाय स्वयम्सेवकहरु पुनम बिक, आयूसा बिकले पनि बोल्नु भएको थियो ।
तालिममा गाविसमा हुने योजना तर्जुमादेखि गाउँ परिषद्, सार्वजनिक बजेटको न्यायोचित बाडफाँड पद्धति, सार्वजनिक सेवा प्रभावकारिता, स्थानीय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ प्रणाली लगायतका सामाजिक जवाफदेहिता र आधारभूत पत्रकारिताका विविध विधामा सहभागी समुदाय स्वयम्सेवकहरुलाई प्रशिक्षण दिइएको थियो ।
सो तालिममा स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजनाका जिल्ला कार्यक्रम संयोजक दुर्लभ बोगटी, फिल्ड सुशासन अधिकृतहरु चक्र जीसी, बिष्णु श्रेष्ठ, युवराज शाही, एलजीसीडीपीका जिल्ला सुशासन विज्ञ जनक भट्टराईले सुशासन अभ्यास र सामाजिक जवाफदेहिता विषयमा सहजीकरण गर्नु भएको थियो ।
पत्रकारहरु नमनकुमार शाही, अमर सुनार, यज्ञराज थापा, भूपेन्द्र शाही, बिष्णु शर्मा, चक्र केसी र प्रकाश अधिकारीले आधारभूत पत्रकारिताका विविध विषयमा प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया