कोलोम्बियामा सरकार विरोधी आन्दोलन झनै चर्कियो

कोलोम्बियामा सरकार विरोधी आन्दोलन झनै चर्कियो

काठमाडौं । कोलोम्बियामा जारी सरकार विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कोलोम्बियाका राष्ट्रपति इभन ड्यसकले विरोध प्रदर्शन जारी रहेसम्म सुरक्षाकर्मी सडकबाट नहट्ने चेतावनी दिएका छन् । सुरुमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएपनि प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि दोहोरो झडप भएको हो ।

दैलेखमा यसरी निकालिदै छ पेट्रोल | First time Petrol Excavation in Nepal |

राष्ट्रपति ड्यसकले आतंकवाद र तोडफोड सह्य नहुने भन्दै प्रदर्शनलाई हिंसात्मक नबनाउन अपीलसमेत गरेका छन् । तीन दिनदेखि जारी सरकार विरोधी प्रदर्शनमा घाइते हुनेहरुको संख्या बढ्दै गएको छ । कोलम्बियालीहरु न्यूनतम ज्याला, पेन्सन र कर सुधारलगायतका माग गदैै आन्दोलन गर्दै आएका छन् ।

त्यसैगरी सने २०१६ मा फर्क विद्रोहीसँग भएको शाीन्त सम्झौताको पालना नभएकोसमेत आरोप लगाएका छन् । एजेन्सी

प्रतिक्रिया