बालविवाह अन्त्यको प्रतिबद्वता

बालविवाह अन्त्यको प्रतिबद्वता

बालविवाह न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रममा सहभागि ।

हिक्मतबहादुर नेपाली
दैलेख मंसिर ८ गते ।
दैलेखमा बाल विवाह अन्त्य गर्न सबै सरोकारवालाले प्रतिबद्वता जनाएका छन् । ‘नगरौ बिहेको कुरा, भएको छैन् बिस बर्ष पुरा’ भन्ने नारा सहित बालविवाह न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रममा बालविवाह विरुद्ध ११ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने प्रतिबद्वता गरिएको हो । तथ्यांक अनुसार दैलेखमा ७१ प्रतिशत बाविवाह हुने गर्छ ।

बिहेवारी २० वर्ष पारि अभियान अन्तरगत समुदाय प्रहरी साझेदारी कार्यक्रममा सोसेक नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाको भनाई

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्र्त जिल्ला प्रहरी कार्यालय दैलेख, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहकार्यमा आयोजित कार्यक्रममा ४८ माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थी सहभागि थिए ।

बालविवाह न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रममा सहभागि शिक्षक र विद्यार्थी

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा प्रत्येक विद्यालयबाट दुई जना विद्यार्थी र एक जना शिक्षक गरि कुल एक सय ४८ जनालाई फरक–फरक समुह बनाई बालविवाह, लागु औषध दुव्र्यसनिबारे प्रशिक्षण दिईएको सोसेकका कार्यक्रम निर्देशक नवराज विसीले बताए ।
अब बाल विवाह न्यूनिकरणमा शिक्षक र विद्यार्थीले अगुवाई गर्ने छन् । विद्यालयबाट सहभागि शिक्षक र विद्यार्थीहरुले विद्यालय र समुदायमा सचेतनामुलक कार्यक्रम गर्ने, बालविवाह भएको वा हुन लागेको खण्डमा सम्बन्धित निकायलाई खबर गर्ने प्रतिबद्वता गरेका छन् । यस्तै सामाजिक अपराधहरु बोक्सीको आरोप, जातीय भेदभाव तथा छुवाछुत विरुद्व सचेतनामुलक कार्यक्रम गर्ने प्रतिबद्वता गरेका छन् ।

बालविवाह समाजले अपराधका रुपमा लिन अझै नसकेको सुनाउँदै चन्द्राकुमारी अधिकारीले गाउँमा बालविवाह भएको खण्डमा रोक्न पहल गर्ने बताइन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सामाजिक र कानुनी अपराधको रुपमा रहेको बालविवाह अन्त्य गर्न सबै जुट्नुपर्ने बताए । डिएसपी हरिबहादुर ओलीले बालविवाह हुँदै गरेको सूचना आए बालविवाह गर्नेलाई कानुनी कार्बाही गर्ने बताए । उनले बालविवाह विरुद्व जागरुक बन्न बालबालिकालाई आग्रह गरे । जिसस सदस्य बालकृष्ण केसीले बालविवाह अन्त्यका लागि विशेष कार्यक्रम ल्याउन स्थानीय सरकारहरुलाई आग्रह गर्ने प्रतिबद्वता जनाए । ‘बालविवाह न्यूनिकरणमा बालबालिका नै जागरुक भए बालविवाह अन्त्यमा सहयोग पु¥याउछ, उनले भने ।
सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले पारिवारिक दवाव र हेलाहाका कारण कतिपय बालिकाहरु विवाह गर्न बाध्य भएको सुनाउदै बालविवाह अन्त्यमा बालबालिकाले नै अगुवाई गर्नुपर्ने बताए । उनले बालविवाह, छाउपडी लगाएत कुरीति अन्त्य गर्न स्थानीय सरकारका तर्फबाट विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए । शिक्षक र विद्यार्थी सहभागि कार्यक्रममा प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्य, जिल्ला न्यायधिवक्ता द्रोणदत्तप्रसाद पौडेल, सेभ द चिल्ड्रेनका टिका विकले बालविवाह, बालविवाहका असरहरु, लागु औषध दुव्र्यसनि, बालविवाह, बोक्सीको आरोप, जातीय छुवाछुत तथा भेदभावको कानुनी व्यवस्थाबारे सहजिकरण गरेका थिए ।

प्रतिक्रिया