राउटे बस्तीमा हिंसाविरुद्वको अभियान

राउटे बस्तीमा हिंसाविरुद्वको अभियान

दैलेख मंसिर ९ गते ।
फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायमा पहिलो पटक १६ दिने हिंसा विरुद्धको अभियान सुरु गरिएको छ । आफुलाई वनको राजा भन्न रुचाउने राउटे समुदायमा पहिलो पटक अभियान सञ्चालन गरिएको हो । ‘समानताको पुस्ता ः बलात्कार विरुद्ध ऐक्यबद्वता’ भन्ने नारा सहित बस्तीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । गुराँस गाउँपालिकाको समन्वयमा सोसेक दैलेखले अभियानको थालनी गरेको हो । उनिहरु अहिले गुराँस गाउँपालिका–४ मा बसोबास गर्दै आएका छन् ।

राउटे समुदायका महिलाहरुलाई बालविवाहबारे जानकारी गराईएको छ । राउटे समुदायका महिलाहरुलाई बालविवाह गरे आईपर्ने समस्याहरुबारे सजना सुनारले जानकारी गराएकी थिइन् । आफ्नो समुदाय भन्दा बाहिरको व्यक्तिसँग घुलमिल हुन नरुचाउने राउटे महिलाहरु बालविवाहबारे गरिएको छलफलमा सहभागि भएको सुनारले जानकारी दिइन् । यस्तै शिक्षा र स्वास्थ्यबारे राउटे महिलाहरुसँग छलफल गरिएको उनले बताइन् । अभियानभर राउटे महिलाहरुको शिक्षा, स्वास्थ्य, सरसफाईबारे सचेतनामुलक कार्यक्रम गरिने उनको भनाई छ । राउटे महिलाहरुले अर्को समुदायको पुरुषसँग कुरा नगर्ने चलन अझै कायमै छ । यो समुदायका महिलाहरु पुरुष सरह रमाउन पाउँदैनन् ।

फाेटाेहरू :

प्रतिक्रिया