सचेतीकरण कार्यक्रम सम्पन्न

सचेतीकरण कार्यक्रम सम्पन्न

दैलेख मंसिर १९ । जिल्लाको महाबु गाउँपालिका वडा नम्बर २ वडाखोला र वडा नम्बर ३ बाँसीमा सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । राधा पौडेल पाउण्डेशनको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत सञ्चालित ‘मर्यादित महिनावारी : हामी सबैको जिम्मेवारी’ अभियान परियोजना अन्तरगर्त उक्त कार्यक्रम सम्पन्न गरिएको हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्त्रगर्त मर्यादित महिनावारी दिवसको अबसर पारेर सचेतीकरण कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय तहका जनप्रतिनीधि, महिला समुहका पदाधिकारी, किशोरी, विद्यालयमा अध्ययनरत बालिकाहरु सहभागि कार्यक्रममा महिनावारी भएको बेला प्रयोग गरिने सामग्री प्रर्दशन गर्नुका साथै त्यसबारे जानकारी गराइएको थियो । साथै मर्यादित महिनावारीबारे अन्तरक्रिया गरिएको छ । सोहि अबसरमा पुन प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउन सिकाईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया