फुलबारी बाल क्लबको अध्यक्षमा रिना विक

फुलबारी बाल क्लबको अध्यक्षमा रिना विक

दैलेख मंसिर २० । दैलेखको गुराँस गाउँपालिका–३ खुमको फुलबारी बालक्लबको अध्यक्षमा रिना विक चयन भएकी छिन् । शुक्रवार आयोजित भेलाले बालक्लब पुर्नगठन गरेको हो । भेलाबाट रिना विकलाई अध्यक्षमा चयन गरिएको बाल क्लबले जनाएको छ । बालक्लबको उपाध्यक्षमा गणेश विक, सचिवमा रत्ना विक, सह–सचिवमा रिमा सुनार र कोषाध्यक्षमा रेशम सुनारलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा पुजा विक, विनिता बोहोरा, देवी खत्री, अरुना विक, यज्ञबहादुर विक, पदम विक, जीवन विक, सुरेश विक, दुर्गा भट्टटराई र संगिता सुनार चयन भएका छन् । सोहि अबसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आर्थिक सहयोगमा फुलबारी बालक्लब द्धारा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेश स्तरिय बाल संजालका उपाध्यक्ष एवं जिल्ला बाल संजालका अध्यक्ष यामबहादुर विक लगाएत सहभागि थिए ।

प्रतिक्रिया