सकियो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

सकियो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

दैलेख मंसिर २४ । दैैलेखमा संचालन भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । ‘समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मुल नारा सहित सञ्चालन भएको अभियान सकिएको हो । अभियान समापनका अबसरमा दैलेखको स्थानीय गणेशचोकदेखि सुरु भएको ¥याली देवकोटा चोकमा कोण सभा गरि समापन गरिएको हो ।
सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, व्यापारी, संचारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सर्वसाधारण लगायतको सहभागितामा ¥याली सहित कोण सभा गरि लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सकिएको हो । यसैगरि मंगलवार साँझ देवकोटा चोकमा दिपप्रज्वलन समेत गरिएको छ । यसैबिच दैलेख सदरमुकाममा ७१ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस पनि मनाईएको छ ।

प्रतिक्रिया