कजाकस्तानमा हवाई जहाज दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुग्याे

काठमाण्डौ – कजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुगेकाे छ ।
अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको थियाे । हवाई जहाजमा ९८ जना यात्रु र चालक दलका सदस्य रहेको अधिकारीहरुले बताएका छन् ।
दुर्घटनामा आठ जना बालबालिकासहित ३५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारकाे लागि स्थानीय अस्पतालमा लगिएकाे छ ।
अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।
हवाई जहाजमा आगाे लागेकाे कुनै समाचार प्राप्त भएकाे छैन । हवाई जहाज स्थानीय समयअनुसार ७:२२ मा दुर्घटना भएकाे थियाे ।
अधिकारीहरुका अनुसार हवाई जहाज दुर्घटनाकाे जाँच गर्न एउटा दल गठन गरिनेछ ।
प्रतिक्रिया