नोबेल पुरस्कार विजेता मलालालाई राष्ट्रसंघले दशककै सबभन्दा प्रसिद्ध किशोरी घोषणा गर्‍यो

नोबेल पुरस्कार विजेता मलालालाई राष्ट्रसंघले दशककै सबभन्दा प्रसिद्ध किशोरी घोषणा गर्‍यो

एजेन्सी । सयुक्त राष्ट्रसंघले पाकिस्तानकी शिक्षा अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजाईलाई संसारको सबभन्दा प्रख्यात किशोरी घोषणा गरेको छ । उसले डिकेड इन रिभ्यु प्रतिवेदनमा यसको घोषणा गरेको हो ।

प्रतिवेदनको रिभ्यु सिरिजको पहिलो भागमा सन् २०१० देखि २०१३ सम्मका घटनाहरू समावेश गरिएका छन् । त्यसमा राष्ट्रसंघले सन् २०१० मा हाइटी भूकम्प, सन् २०११ मा सिरियाली द्वन्द्वको निरन्तरता तथा सन् २०११ मा मलालाले बालिका शिक्षाका लागि गरेको कामलाई प्राथमिकता दिएको छ ।

सन् २०१४ मा मलाला नोबेल शान्ति पुरस्कार जित्ने सबभन्दा कान्छी किशोरी भइन् । उनलाई तालिबान लडाकूहरूले टाउकोमा गोली प्रहार गरेका थिए ।

‘उक्त आक्रमणले संसारभरि तरंग ल्यायो र त्यसको व्यापक भर्त्सना गरियो । यस वर्षको मानवअधिकार दिवसमा मलालालाई युनेस्कोको पेरिसस्थित केन्द्रीय कार्यालयमा विशेष सम्मान दिँदै विद्यालय जान पाउने प्रत्येक बालिकाको अधिकारको सुनिश्चितता तथा बालिका शिक्षालाई अघि बढाउनुलाई प्राथमिकताका रूपमा राख्न मद्दत पुग्यो,’ राष्ट्रसंघले समीक्षा प्रतिवेदनमा लेखेको छ ।

बाईस वर्षीया मलालालाई केही दिनअघि टीन भोग पत्रिकाले दशकको अन्तिम इस्युका लागि कभर पर्सन बनाएको थियो ।

प्रतिक्रिया