ईरानले भन्यो– परमाणु सम्झौता मान्दैनौँ

ईरानले भन्यो– परमाणु सम्झौता मान्दैनौँ

काठमाण्डौ – अमेरिकासँगको बढ्दो तनावलाई लिएर ईरानले सन् २०१५ मा परमाणु सम्झौताअनुसार लागू भएको प्रतिबन्धको पालना नगर्ने बताएको छ । 

‘परमाणु संवर्द्धनकाे लागि आफ्नो क्षमता, त्यसको स्तर, त्यसको समृद्धिका लागि अन्य सामग्रीको भण्डार र अनुसन्धात र त्यसलाई विकसित गर्न रोक्ने कुनै पनि प्रतिबन्धको पालना गरिने छैन ।’

याे पनि पढ्नुस्

हवाई आक्रमणमा ईरानकाे कुद्स फाेर्सका प्रमुख साेलेमानीकाे ज्यान गयाे
ईरानकाे ५२ ठाउँलाई निसाना बनाइएकाे छ, जुनसुकै बेला आक्रमण गर्न सक्छाैँ : डाेनाल्ड ट्रम्प
अमेरिका–ईरान तनाव : ‘तेस्रो विश्वयुद्धको कालो बादल मडारिन थाल्याे!’

तेहरानमा ईरानी मन्त्रिमण्डलको बैठकपछि यो बयान सार्वजनिक गरिएको हो । अमेरिकी हवाई आक्रमणमा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या भएपछि ईरानको तर्फबाट यो प्रतिक्रिया आएको हो । 

सन् २०१५ को परमाणु सम्झौताअनुसार ईरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न र अन्तर्राष्ट्रिरय निरीक्षकलाई आउने अनुमति दिन्थ्यो । यसको बादलामा ईरानमाथि लागेको प्रतिबन्ध समाप्त गरिएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा यो सम्झौता रद्द गरेका थिए । उनले भनेका थिए, ‘ईरानसँग नयाँ सम्झौता गर्न चाहन्छु, जसले गर्दा उसले परमाणु कार्यक्रम र ब्यालेस्टिक मिसाइलको विकासमा अनिश्चितकालीन प्रतिबन्ध लगाउनेछ ।’

प्रतिक्रिया