ईरानकाे बदला : अमेरिकी सैनिक अड्डामा दर्जनाैँ मिसाइल प्रहार

ईरानकाे बदला : अमेरिकी सैनिक अड्डामा दर्जनाैँ मिसाइल प्रहार

काठमाण्डौ – अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानका सैन्य प्रमुखक कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव उत्कर्षमा पुगेको छ । 

अमेरिकी आक्रमणको गतिलो जवाफ दिँदै ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन् ।  

अमेरिकी रक्षा मन्त्रालयले भनेको छ,  ‘इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा एक दर्जनभन्दा बढी मिसाइल प्रहार भएको छ ।’

ईरानी सरकारी सञ्चारमाध्यमहरुले यो आक्रमण सुलेमानीको हत्याको बदला लिन गरिएको बताएका छन् । गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बगदादमा ड्रोन आक्रमणमार्फत् सुलेमानीको हत्या गरिएको थियो । 

प्रतिक्रिया