कोसेली स्वरुप रक्सी ल्याउने परम्परा हटाउन दलित युवाहरु अग्रसर

कोसेली स्वरुप रक्सी ल्याउने परम्परा हटाउन दलित युवाहरु अग्रसर

दैलेख पुष २८
आफन्तको मृत्यू संस्कारमा चेलीबेटीहरुले कोसेली स्वरुप रक्सी ल्याउने परम्परा हटाउन दलित युवाहरु अग्रसर भएका छन् । नारायण नगरपालिका–२ जाहारकोटका ६५ वर्षीय कविराम सार्की मृत्यूको ११ औं दिन पिपलपानी हाल्न आएका चेलीबेटीहरुले ल्याएको रक्सी मलखातमा पोखिएको हो ।

घरमा रक्सी नबनाउने सल्लाह थियो तर दिदीबहिनीहरुले ल्याउने तयारी गरेको जानकारी पाएपछि स्थानीय युवाहरुको सल्लाहमा रक्सी पोख्ने कुरा आफूले पनि सहमती जनाएको कविरामका छोरा इन्द्रबहादुर नेपालीले बताए ।
चेलीबेटीहरुलाई चित्त नदुखाउन सिल्पी समाज दैजेखका संयोजक बखत नेपाली र पत्रकार अमर सुनारले सामूहिक रुपमा आग्रह गरेपछि चेलीबेटी र इन्द्रबहादुरका परिवारले समेत सहमती जनाएर करिव ४० लिटर रक्सी मलखातमा पोखिएको थियो ।

रक्सी पोख्नुसंगै स्थानीय युवा स्वास्थ्य कार्यालयका लेखाअधिकृत दीपक नेपालीले दिनुभएको १० हजार र अरु समाजसेवीहरुको सहयोग समेत थपेर विपद् व्यवस्थापन कोषको पनि घोषणा गरिएको छ ।
चेलीबेटीले ल्याएको रक्सी पोखेपछि यस पटक पिपलपानी हाल्ने ठाउँमा शान्ति र सद्भाव देखिएको स्थानीय नानकली नेपालीले सुनाइन् । युवाहरुले धेरै पहिलेदेखि प्रयास गरेका थिए यस पटकदेखि कार्यान्वय भएको जेष्ठ नागरिक लालबहादुर सार्कीले बताए ।

प्रतिक्रिया