घरेलु हिंसामा पाँच हजार जरिवाना सजाय

घरेलु हिंसामा पाँच हजार जरिवाना सजाय

दैलेख । ०७६ पुस २९ गते
३४ वर्षीया पत्नी कौशिला बुढालाई घरेलु हिंसा गरेको कसूरमा गुराँस गाउँपालिका–४ तालपोखरीका ३५ वर्षीय कुलबहादुर बुढालाई दैलेख जिल्ला अदालतले पाँच हजार जरिवाना र पाँच हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको पुस २८ गतेको एकल इजलासबाट सो फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।
०७५ असार ५ गते जिल्ल्ला अदालतमा सम्वन्ध बिच्छेद मुद्दा दिएको विषयलाई लिएर कुलबहादुरले ०७५ भदौ १८ गते माइतीमा आई कुटपिट गरेको घटनामा त्यसको ३ दिनपछि भदौ २१ गते कौशिलाले अदालतमा घरेलु हिंसाको उजूरी दिनुभएको थियो ।

सम्वन्ध बिच्छेदपछि घरेलु हिंसा मुद्दा परेकोले घरेलु हिंसामा उक्त सजायसंगै कौशिलाको मागदावी अनुसार कौशिला र कुलबहादुर पति–पत्नीको नाता नरहने गरी सम्वन्ध बिच्छेद भएको पनि दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया