जातीय विभेदको घटनामा १० हजार जरिवाना

जातीय विभेदको घटनामा १० हजार जरिवाना

दैलेख जिल्ला अदालत

दैलेख माघ १३ । जिल्लाको नारायण नगरपालिका–१० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपैंयाँ जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।

भत्किदै मध्य पहाडी लाेगमार्गकाे पुल

०७६ वैशाख ११ गते दिउँसो धारामा पानी भर्ने क्रममा प्लाष्टिकको जर्किन छोइएको भन्दै ३५ वर्षीया लक्षिमा सुनारलाई आरोपित राजकुमारी न्यौपानेले हसिया प्रहार गरेकी थिइन् । घरायसी काम सकेर धारामा पानी भर्न गएकी लक्षिमालाई न्यौपानेले हसिया प्रहार गरेकी थिइन् । लक्षिमाको टाउकोमा चोट लागेपछि नेपालगञ्जमा उपचार गरिएको थियो ।
घटनामा वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा जातीय विभेदको मुद्दा दर्ता भएको थियो । आरोपित फरार भएको अवस्थामा प्रहरी समक्ष घटनाको पीडित र साक्षीहरुलाई ‘विभेद भएको होइन भनिदेउ’ भनेर जनप्रतिनीधि र नेकपाका नेताहरुले दवाव दिएको विषयले चर्चा पाएको थियो । प्रहरीले न्यौपानेलाई साउन ३२ प्रहरीले पक्राउ गरेको थियो । सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अववस्थामा दैलेखबाट गएको प्रहरी टोलीले न्यौपानेलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया