युवालाई निशुल्क कम्प्युटर शिक्षा

युवालाई निशुल्क कम्प्युटर शिक्षा

दैलेख माघ १९ ।
जिल्लाको भैरबी गाउँपालिका वडा नम्बर ४ ले युवाहरुलाई निशुल्क कम्प्युटर शिक्षा तालिम दिने भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा फिउचर स्टार इन्फरमेशन टेक्नोलोजीको प्राविधिक सहयोगमा निशुल्क कम्प्युटर कक्षा सुरु गरिएको हो । वडा कार्यालयले यहाँका ४० जना युवाहरुलाई निशुल्क कम्प्युटर शिक्षा तालिम दिने भएको हो । कम्प्युटर शिक्षा तालिमको आइतवार उद्घाटन गरिएको छ । वडा कार्यालयले तीन लाख रुपैयाँ बजेट बिनियोजन गरेर युवाहरुलाई कम्प्युटर शिक्षा दिएको वडाध्यक्ष विरेन्द्र शाहीले बताए ।
यहाँका दलित, विपन्न, असहाय, अपाङ्गगता भएका तथा बेरोजगार युवा युवतीहरुका लागि कम्प्युटर शिक्षा प्रदान गर्न लागिएको वडाध्यक्ष शाहीको भनाई छ । ‘दक्ष प्राविधिक जनशक्ति उत्पादन, सिपमुलक तालिम प्रदान र प्रविधिको विकासका लागि तालिम सञ्चालन गरिएको हो,’ वडाध्यक्ष शाहीले भने । तालिम सञ्चालनका लागि फिउचर स्टार इन्फरमेसन टेक्नोलोजीले प्राविधिक सहयोग गरेको म्यानेजिङ्ग डाइरेक्टर चक्र आचार्यले जानकारी दिए ।

प्रतिक्रिया