चीनलाई नेपालले दियो एक लाख मास्क

चीनलाई नेपालले दियो एक लाख मास्क

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी । 
तस्विर : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्वीटरबाट

काठमाडौं : नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान मास्क सहयोग गरेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरससँग लडिरहेको चीनलाई साथ दिन मास्क सहयोग गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउले कोरोना भाइरसको संक्रमणमा नेपाललगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् । उनले यसबाट चिनियाँ नागरिक र नेतृत्वलाई थप ऊर्जा मिलेको पनि बताइन् ।

प्रतिक्रिया