बाल दुव्र्यवहार रोकथाम सामाजिक अग्रसरता जरुरी
ज्वाला सन्देश सम्वाददाता
बाल मनोविज्ञ पत्रकार अमरबहादुर सुनारले बालबालिका माथि हुने बाल दुव्र्यवहार रोकथाम गर्न सामाजिक अग्रसरता जरुरी रहेको बताउनु भएको छ । अन्तरराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आज भैरीकालिकाथुमको बालेकाँडास्थित गौरी मावि बाल क्लबद्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिताका विजयीलाई पुरस्कार बितरण गर्दै उहाँले सो धारणा राख्नु भएको हो ।
बाल क्लवका अध्यक्ष पदमबहादुर शाहीको अध्यक्षमा भएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक केशवबहादुर शाहीले भविष्यका कर्णधार बालबालिकालाई यस्ता अतिरिक्त क्रियाक्लापले सुमार्गमा लाग्न प्रेरित गर्ने धारणा राख्नुभयो ।
जिल्ला बाल कल्याण समिति, सेभ द चिल्डे«न÷सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको २ हजार रुपैंयाँ सहयोगमा भएका ४ प्रतियोगिताका विजयीलाई कपी र कलम पुरस्कार दिइएको थियो । जस अनुसार डोरी नाघ्ने स्कीपिङ्ग तर्फ अनिता खनाल, गीता खनाल र चन्दा पुरी प्रथम, द्धितीय र तृतीय हुनुभएको थियो ।
छात्रहरुको १०० मीटर दौडमा पदम शाही, नरेन्द्र रिजाल र राजेन्द्र शाही प्रथम, द्धितीय र तृतीय पुरस्कार जित्नुभएको थियो । छात्र–छात्राहरुको सामूहिक म्यूजिकल चियर प्रतियोगितामा बिनोद शाही प्रथम, सपना शाही द्धितीय र दुर्गा अधिकारी तृतीय हुनुभएको थियो । त्यस बखत भएको लोकगीत प्रतियोगितामा शर्मिला बिकले सर्बोत्कृष्ट पुरस्कार पाउनुभयो ।
प्रतियोगिता अघि बाल मनोबैज्ञानिक पत्रकार अमरबहादुर सुनारले बाल न्याय प्रणाली अवधारणा र बाल बिज्याई न्यूनीकरणमा घरपरिवार, समाज, विद्यालय र बालबालिकाको आफ्नै दायित्व विषयमा अभिमुखीकरण गर्नु भएको थियो ।
प्रतिक्रिया