बालिकालाई आत्मरक्षा तालिम

बालिकालाई आत्मरक्षा तालिम

दैलेख : जिल्लाको नारायण नगरपालिकाको भुर्ती स्थित रेडक्रस माध्यामिक विद्यालयमा अध्ययनरत बालिकाहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । विद्यालयको समन्वय तथा सहकार्यमा दैलेख जेसिज बर्ष २०२० द्धारा आयोजित तालिममा विद्यालयका झण्डै एक सय बढि बालक र बालिकाहरु सहभागि थिए । बाल विवाह तथा यौन दुव्र्यवहार विरुद्ध अभिमुखिकरण तथा आत्मरक्षा तालिमको सहजिकरण बालिका बचाउ अभियानका संयोजक तथा युवा अभियान्ता सजना सुनारले गरेकी थिइन् । बालिकाहरुलाई बाल विवाह विरुद्ध बनेका कानुनी प्रावधान, बाल विवाहले पार्ने असरबारे जानकारी दिईएको छ ।

आत्मरक्षा तालिममा कसैले कपाल, हात वा शरीरका कुनै अंग समात्यो भने कसरी फुत्कने ?, पछाडिबाट अंगालो हाल्यो भने कसरी छुटकारा पाउने ?, संवेदनशील अंग समात्यो भने कसरी छुटाउने ?, कतै लैजान थाल्यो भने कसरी छुटकारा पाउने ? जस्ता तरिका सिकाईएको सुनारले बताइन् ।

दैलेख जेसिज बर्ष २०१९ को अध्यक्ष रमा प्याकुरेलको अध्यक्षतामा भएको तालिममा दैलेख जेसिजका प्रतिनीधिहरु, विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । बलात्कार तथा यौनदुव्र्यवहारका घटनाबाट बालिकाहरुलाई बचाउन तालिम आयोजना गरिएको दैलेख जेसिज बर्ष २०१९ को अध्यक्ष रमा प्याकुरेलले बताइन् ।

प्रतिक्रिया