छाउपडी मान्दैनौ, यौन दुव्र्यवहार हुन दिन्नौ

छाउपडी मान्दैनौ,  यौन दुव्र्यवहार हुन दिन्नौ

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत स्थित अमरज्योती नमुना मावीमा विद्यार्थी र शिक्षकहरुले छाउपडी प्रथा नमान्ने र यौन दुव्र्यवहार हुन नदिने प्रतिबद्वता जनाएका छन् । राष्ट्रिय युवा परिचालन बर्ष २०७६/०७७ को सामाजिक साँस्कृतिक रुपान्तरणमा युवा, अन्धविश्वास लैंगिक हिंसा जातीय विभेद तथा छुवाछुत विरुद्धमा युवा अभियान अन्तरगर्त विद्यालयमा आयोजित छाउपडी तथा यौन दुव्र्यवहार विरुद्ध अभिमुखिकरणमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय युवा परिषद्को सहयोग तथा अमरज्योती नमुना मावीको समन्वयमा समाज जागरण केन्द्र स्याक नेपालद्धारा आयोजित अभिमुखिकरणमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यालय तथा शिक्षकहरुले छाउपडी तथा यौनदुव्र्यवहार विरुद्ध प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

उनिहरुले महिलाको हकको पूर्ण पालना गरि समाजमा विद्यमान छाउपडी प्रर्था तथा यौन दुव्र्यवहार जस्तो अपराध जन्य क्रियाकलाप मबाट हुने छैन, मैले गर्ने छैन र हुन दिने छैन भन्दै प्रद्धिबता जनाएका हुन् । सहभागिहरुले यस्ता व्यवहारका विरुद्ध लाग्ने उद्घोष गरेका छन् ।
अभिमुखिकरणको सहजिकरण युवा अभियान्ता सजना सुनार लगाएतले गरेका थिए ।

सोहि अबसरमा सहरी क्षेत्रमा हुने छाउपडी र यौनदुव्र्यवहारबारे छलफल गरिएको सुनारले बताइन् । छलफलका क्रममा सहरी क्षेत्रमा छुट्टै छाउगोठ नभएपनि महिनावारी बार्ने चलन रहेको पाईएको छ ।

प्रतिक्रिया