अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय ‘ट्रिपल ए’ अवार्ड

अभियन्ता राधा पौडेललाई अन्तर्राष्ट्रिय ‘ट्रिपल ए’ अवार्ड

अवार्ड ग्रहणपछि (बीचमा) राधा पौडेल

काठमाडौँ- अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले अन्तर्राष्ट्रिय स्तरको ‘एआईएम : एल्मुनाइ अचिभ्मेन्ट अवार्ड (ट्रिपल ए) अवार्ड’ प्राप्त गरेकी छिन् । फिलिपिन्समा रहेको एसियन इन्ष्टिच्युट अफ मेनेजमेन्ट (एआईएम) ले त्यहाँ अध्ययन गरिसकेका विद्यार्थीहरु मध्ये कुनै पनि क्षेत्रमा राम्रो काम गरिरहेकालाई यो अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको छ ।

अवार्ड ग्रहण गरेपछि  पौडेलले नेपालमा आफूले हिंसा पीडित महिला र महिनावारीका कारण हुने विभेद विरुद्ध गरिरहेको कामलाई इन्ष्टिच्युटले अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको प्रतिक्रिया दिइन् । पौडेलले सोही कलेजबाट १० वर्षअघि स्नातकोत्तरको अध्ययन पूरा गरेकी थिइन् ।

यस पटक कलेजले विश्वभरिका कलेजबाट अध्ययन पूरा गरिसकेका ४५ हजार विद्यार्थीबाट छानिएका ७ जनामा पौडेल परेको कलेजको वेबसाइटमा उल्लेख छ । विश्वमै यो अवार्डलाई ओजनदार अवार्डको रुपमा मान्ने गरिएको छ । यो अवार्डका लागि अरुले सिफारिस गरिदिनुपर्ने हुन्छ ।नेपालबाट यो अवार्ड पाउने राधा पहिलो नेपाली भएको कलेजले बताएको छ ।

प्रतिक्रिया