‘बेसाहारा बालिकालाई सोसेकको साहारा’

‘बेसाहारा बालिकालाई सोसेकको साहारा’

दैलेख : बुबाआमाले वेवास्ता गरेका बालबालिकाको जीवनशैली कसरी बित्छ होला ? दैलेखका विभिन्न ठाउँमा यस्ता बालबालिकाहरु थुप्रै छन् । त्यस मध्येकी एक हुन्, १० बर्षीया आइशा खत्री । गुराँस गाउँपालिका–४ की आइशालाई छानै छदाँ बुबाआमाले बेसाहारा बनाएर छाडिदिए । बुबा केशव खत्री र आमा फुलमाया खत्रीले छोडेर गएपछि उनि गुराँस गाउँपालिका–४ घोडाबासमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी कान्छी बज्यै ४८ बर्षीया काली खत्रीको संरक्षणमा थिइन् । उनले आर्थिक अभावकै कारण नातीनीलाई पढाउन भने सकिनन् । आइशाले एक कक्षा पढ्दा पढ्दै विद्यालय छोड्नु प¥यो । तर, अहिले आइशाको मुहारमा उज्यालो छाएको छ ।

सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले उनलाई छात्रबृति सहयोग गरेसँगै उनको मुहारमा उज्यालो छाएको हो । परियोजनाले आइशालाई छात्रबृति सहयोग गरी नेपाल राष्ट्रिय आधारभुत विद्यालय घोडाबासमा भर्ना गरेसँगै कक्षा एकको परिक्षमा सहभागि भएकी छिन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसी, विद्यालयका प्रधानाध्यापक छविलाल ओली लगाएतको उपस्थितीमा बालिकालाई छात्रबृति प्रदान गरिएको हो ।
उनलाई आगामी शैक्षिक सत्र देखि सोहि विद्यालयको कक्षा दुईमा भर्ना गरिने परियोजनाका फिल्ड अधिकृत लक्ष्मी चलाउनेले जानकारी दिइन् । बालिकाको परिक्षामा सहयोगका लागि पारासामाजिक कार्यकर्ता भावना गुरुङ्गले नियमित घरभेट गरी पढाईमा सहयोग गरिरहेको फिल्ड अधिकृत चलाउनेले बताइन् ।

प्रतिक्रिया