वालविकास सहजकर्तालाई पुर्नताजकी तलिम सम्पन्न
दुर्गा गिरी
दैलेख, मंसिर २६ गते वालविकास केन्द्रका सहजकर्ताहरुलाई पुर्नताजकी तालिम दैलेख वजारमा सम्पन्न भयो । महिला, युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत वांसी, विन्द्यावासिनी र वडाखोला गा.वि.स.मा रहेका १२ वटा बाल विकास केन्द्रका १२ जना सहजकर्ताहरुलाई २ दिने बाल विकास व्यवस्थापन र सहजिकरण सिप विकास सम्वन्धि तालिम मंसीर २५ र २६ गते दैलेख वजारमा संचालन गरि सम्पन्न गरिएको छ ।
तालिम पश्चात बाल विकास केन्द्रमा गइ बालबालिकाको सिकाइमा सहजता ल्याउनको लागि र विभिन्न स्थानिय स्तरमा खेर गइरहेका सामानहरुबाट सामाग्री निर्माण गर्नको लागि यो तालिम संचालन गरिएको थियो । तालिमको सहजिकरण बाल मन्दीर शिक्षक गुरु प्रसाद रेग्मीले गर्नु भएको थियो । तालिममा लिइएको ज्ञान तथा सीपलाई आफ्नो बालविकास केन्द्रमा गइ पूर्ण रुपमा लागु गरिने प्रतिवद्धता जनाउनु भएको थियो । भने संस्थापक अध्यक्ष हीरासिंह थापाले तालिमलाई स्थानिय स्तरमा गइ राम्रो संग सदुपयोग गर्नको लागि सल्लाह सुझाव दिदै तालिम समापन गर्नुभएको थियो । एआईई लक्जेम्वर्ग र टी.डी.एच जर्मनीको सहयोगमा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहजिकरणमा संचालित महिला, युवा र बाल अधिकार प्रवर्धन कार्यक्रम अन्र्तगत वांसी, विन्दावासिनी र वडाखोला गा.वि.स.मा संचालन रहेका छ ।
प्रतिक्रिया