सोसेकद्धारा नारायण नगरपालिकालाई खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण

सोसेकद्धारा नारायण नगरपालिकालाई खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण

दैलेख जेठ ४ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले नारायण नगरपालिकालाई खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डीसीए नेपालको आर्थिक सहयोगमा नगरपालिकालाई खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । आइतवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्कालाई सामग्री हस्तान्तरण गरेका हुन् ।


महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण जोखिममा रहेका अतिविपन्न घरपरिवारलाई नारायण नगरपालिकालाई मार्फत वितरण गर्ने गरी सामग्री हस्तान्तरण गरिएको उप–कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनका अनुसार एक सय बोरा सोना मनसुली चामल, एक सय केजी मल्का दाल, एक सय केजी चिनी, एक सय प्याकेट तोरीको तेल, १० केजी चिया, एक सय केजी आयोडिन नुन हस्तान्तरण गरिएको छ ।
यस्तै दुई सय एमएलको २० बोटल हेण्ड स्यानिटाइजर, ३ सेट पीपीई, दुई सय नर्मल मास्क, एक सय पीस हात धुने साबुन र ५ थान एन नाइन्टी फाइभ मास्क हस्तान्तरण गरिएको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि थप स्वास्थ्य सामग्रीहरु प्रदान गरिने उप–कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
राहत सामग्री नारायण नगरपालिका वडा नम्बर १ का ६० घरधुरी र वडा नम्बर ३ का ४० घरधुरीलाई वितरण गरिने नगरप्रमुख रत्नबहादुर खड्काले बताए । उनले महामारीसँग लड्न गैह्रसरकारी संस्थाको सहयोग महत्वपूर्ण रहेको समेत उल्लेख गरे ।
यसैबिच आइतवार नै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दुल्लु नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुई सय थान हातधुने साबुन र दुई सय थान सर्जिकल मास्क हस्तान्तरण गरिएको पसामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाकाले बताए ।

प्रतिक्रिया