छाकटार्न समस्या भएकालाई खाद्यान्न सहयोग

छाकटार्न समस्या भएकालाई खाद्यान्न सहयोग

दैलेख जेठ १६ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण छाक टार्न समस्या भएका अछामको पंचदेवल विनायक नगरपालिकाका ४० घरधुरी विपन्न परिवारलाई खाद्यान्न वितरण सहयोग गरिएको छ । दैनिक ज्याला गरी छाक टार्ने वर्गलाई खाद्यान्न सहयोग गरिएको हो । दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले खाद्यान्न सहयोग गरेको हो । डेनमार्कको गैह्रसरकारी संस्था डीसीए नेपालको आर्थिक सहयोगमा सोसेक नेपालले खाद्यान्न सहयोग गरेको हो ।
बिहिवार पंचदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा, उपप्रमुख अम्बिका चलाउने, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्वअध्यक्ष सिताकुमारी राना लगाएतको उपस्थितीमा खाद्यान्न वितरण गरिएको हो । अति विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत वितरण गरिएको हो । प्रति परिवार ३० केजी चामल, दुई केजी चिनी, दुई केजी दाल, दुई केजी नुन, दुई लिटर तेल र चियापत्ती सहयोग गरिएको हो ।
यस्तै कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न स्वास्थ्य तथा सरसफाई सामग्री समेत सहयोग गरिएको हो । ४० घरधुरीलाई प्रति परिवार ज्एक वटा ज्वरो नाप्ने थर्मोमिटर, मास्क, सेनीटाइजर, कपडा धुने साबुन, हात धुने साबुन, सेनेटरी प्याड, दात माझ्ने कोलगेट, ब्रस, सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका रमेश रावतले बताए ।


त्यसैगरी पंचदेवल विनायक नगरपालिका स्थित कुच्ची स्वास्थ्य चौकीलाई ५ सेट पीपीई, २ सय थान सर्जिकल ग्लोब्स, ९० थान पलास्टिक झोला, ५ वटा ज्वरो नाप्ने थर्मल गन, ६० वटा एन नाइन्टी फाइभ मास्क, तीन लिटर ह्याण्ड सेनीटाइजर, १०० एमएलको ६० बोटल ह्याण्ड सेनीटाइजर हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकीलाई पंचदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्वअध्यक्ष सिताकुमारी रानाले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया