प्रमुख प्रशासकीय अधिकृत कुटपिट प्रकरण : दोषिमाथी कारबाहीको माग

प्रमुख प्रशासकीय अधिकृत कुटपिट प्रकरण : दोषिमाथी कारबाहीको माग

दैलेख जेठ २२ गते ।
जिल्लाको भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापालाई कुटपटि गरि अभद्र व्यवहार गरेको घटनाको न्याचित छानवीन गरि दोषिलाई कारबाहीको माग गरिएको छ । बिहिवार दैलेख जिल्ला स्थित विभिन्न कर्मचारी संघ संगठनहरुले विज्ञप्ती जारी गर्दै घटनाको सत्य, तथ्य छानबिन गरी दोषिमाथी कारबाहीको माग गरेका हुन् । बुधवार अधिकृत थापा सहित भैरबी गाउँपालिकाका–४ का वडाध्यक्ष, क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षणका लागि खटिएका स्वास्थ्यकर्मीमाथी भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका व्यक्तिहहरुले आक्रमण गरेका थिए । स्थानीय तह कर्मचारी संघ दैलेख, नेपाल राष्ट्रिय कर्मचारी संगठन दैलेख, नेपाल निजामती कर्मचारी संगठन दैलेख, आधिकारिक ट्रेड युनियन दैलेखले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर दोषिलाई कारबाहीको माग गरेका हुन् ।
स्थानीय तह कर्मचारी संघ दैलेखका कार्यवहाक अध्यक्ष पूर्णनाथ योगी, नेपाल राष्ट्रिय कर्मचारी संगठन दैलेखका अध्यक्ष जीतबहादुर खत्री, नेपाल निजामती कर्मचारी संगठन दैलेखका अध्यक्ष तिर्थराज जिसी, आधिकारिक ट्रेड युनियन दैलेखका अध्यक्ष भिमबहादुर विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी कोरोना महामारी रोकथाम तथा नियन्त्रणकाा खटिएका राष्ट्रसेवक कर्मचारी भएको आपराधिक गतिविधीको भत्सना गरिएको छ । यस्तै नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्यसमिति दैलेखले समेत विज्ञप्ती जारी गरेर उक्त घटनामा संलग्न दोषिमाथी कारबाहीको माग गरेको छ । अध्यक्ष तुल्सीप्रसाद उपाध्यायद्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनामा संलग्न दोषिलाई कारवाहीको माग सहित राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षा गरिनुपर्ने माग गरिएको छ ।
यता सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले समेत एक विज्ञप्ती जारी गरेको छ । सोसेकका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीद्धारा हस्ताक्षरित विज्ञप्तीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा माथी अमानवीय घृणित र लज्जास्पद् गैरकानुनी व्यवहार भएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘यस विषम परिस्थितीमा वर्तमान चुनौती र जोखिमको सामना गर्दै महामारी रोग नियन्त्रणका लागि क्वारेन्टाईन व्यवस्थापन, कोरोना परीक्षण, खानपिनको व्यवस्थापनका लागि अहोरात्र जनताको सेवामा खटिएको अवस्थामा उहाँ माथी अमानवीय, घृणित र लज्जास्पद् गैरकानुनी व्यवहार भएको यस संस्थाको ठहर छ ।’ विज्ञप्ती मार्फत सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले यस्तो घृणित सार्वजनिक अपराधमा संलग्न दोषिलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया