दुल्लु नगरपालिकाका ७ स्थानमा हातले नछोएर हात धुन मिल्ने धारा जडान

दुल्लु नगरपालिकाका ७ स्थानमा हातले नछोएर हात धुन मिल्ने धारा जडान

दैलेख जेठ २३ गते ।
जिल्लाको दुल्लु नगरपालिकाका ७ स्थानमा खुट्टाको सहयोगले धारा खोली हात धुन मिल्ने प्रविधि सञ्चालनमा ल्याईएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न खुट्टाले धारा चलाएर हात धुन मिल्ने प्रविधिको धारा जडान गरिएको हो । दुल्लु नगरपालिका कार्यालय, गमौडी स्वास्थ्य चौकी, दुल्लु नगरपालिका वडा नम्बर १२ लमसुक, वडा नम्बर ११ कालभैरब स्वास्थ्यचौकी, वडा नम्बर २ को नाउलेकटुवाल स्वास्थ्य चौकी, वडा नम्बर ८ वडालम्जी स्वास्थ्य चौकी र वडा नम्बर ९ को पादुका स्वास्थ्य चौकीमा उक्त धारा जडान गरिएको छ ।


हेल्भेटास नेपालको सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले उक्त प्रविधिको धारा जडान गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खुट्टाद्धारा खुल्ने धारा र त्यसमाथी ट्यांकी जडान गरिएको एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका महेन्द्र अधिकारीले बताए । अधिकारीका अनुसार शरीरको सबै भन्दा फोहोर वा संक्रमणहरु हातबाट सर्ने भएकोले प्रयोगकर्ताहरुलाई कोरोनाबाट जोगाउन उक्त प्रविधि प्रयोगमा ल्याईएको हो ।
सरसफाई रहन भित्रिएको नयाँ प्रविधिले कोरोना संक्रमण रोकथाममा टेवा पु¥याउने दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले बताए । मेयर भण्डारीले नयाँ प्रविधिको धारा जडान गर्न सहयोग पु¥याएकोमा सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया