जोखिममा परेका बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग

जोखिममा परेका बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग

दैलेख जेठ २४ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर चैत्र दोस्रो साता देखि गरिएको लकडाउन हालसम्म पनि कायमै छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनमा जोखिममा परेका बालबालिकाका घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
गुराँस गाउँपालिकाका ८ वटै वडाका जोखिममा परेका ६ सय ९० जना बालबालिकाका ४ सय ९६ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले बताए । गुराँस गाउपालिकाको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनद्धारा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले खाद्यान्न उपलब्ध गराएको हो ।


गुराँस गाउँपालिका वडा नम्बर १ मा जोखिममा परेका १ सय ९ जना बालबालिकाका ६६ परिवार, वडा नम्बर २ का १ सय ३ बालबालिकाका ६५ परिवार, वडा नम्बर ३ का ८६ बालबालिकाका ७० परिवार, वडा नम्बर ४ का ९५ बालबालिकाका ७९ परिवारलाई खाद्यान्न सयोग गरिएको हो ।
यस्तै वडा नम्बर ५ का ६२ बालबालिकाका ५६ परिवार, वडा नम्बर ६ का ८४ बालबालिकाका ५७ घरपरिवार, वडा नम्बर ७ का ८६ बालबालिकाका ६५ परिवार र वडा नम्बर ८ का ६५ बालबालिकाका ४७ परिवारलाई खाद्यान्न उपलब्ध गराईएको निर्देशक विसीले बताए । उनका अनुसार प्रतिपरिवार ३० केजी चामल, आधा लिटर तेल र एक केजी नुन उपलब्ध गराईएको हो ।

प्रतिक्रिया