आठबीस नगरका एक सय परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण

आठबीस नगरका एक सय परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण

दैलेख जेठ ३२ गते ।
जिल्लाको आठबीस नगरपालिकाका एक सय परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण नफैलियोस भनेर गरिएको लकडाउनका कारण छाक टार्न समस्या भएका परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरिएको हो । दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले खाद्यान्न सहयोग गरेको हो । डेनमार्कको गैह्रसरकारी संस्था डीसीए नेपालको आर्थिक सहयोगमा सोसेक नेपालले खाद्यान्न सहयोग गरेको हो ।


आठबीस नगरपालिका वडा नम्बर १ का ११, २ का १०, ३ का १०, ४ का १०, ५ का १०, ६ का १०, ७ का १९, ८ का १० र ९ का १० गरि एक सय घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अबिलाल जैसीले बताए । नगरपालिकाका मेयर खड्गराज उपाध्याय, नगरका अन्य जनप्रतिनीधिहरुको उपस्थितीमा सामग्री वितरण गरिएको हो । अति विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिक, एकल महिला र एचआइभी संक्रमितका परिवारलाई लक्षित गरेर सामग्री वितरण गरिएको जैसीले बताए । प्रति परिवार ३० केजी चामल, दुई केजी चिनी, दुई केजी दाल, दुई केजी नुन, दुई लिटर तेल र दुई सय ५० ग्राम चियापत्ती सहयोग गरिएको हो ।
यस्तै कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्न स्वास्थ्य तथा सरसफाई सामग्री समेत सहयोग गरिएको हो । प्रति परिवार एक वटा ज्वरो नाप्ने थर्मोमिटर, मास्क, सेनीटाइजर, कपडा धुने साबुन, हात धुने साबुन, सेनेटरी प्याड, दात माझ्ने कोलगेट, ब्रस, सहयोग गरिएको छ ।

प्रतिक्रिया