कोरोना महामारीमा सहासको सहयोग : ‘स्थानीय तहमा स्वास्थ्य सामग्री, विपन्नलाई आर्थीक सहायता’

कोरोना महामारीमा सहासको सहयोग : ‘स्थानीय तहमा स्वास्थ्य सामग्री, विपन्नलाई आर्थीक सहायता’


दैलेख असार २१ गते ।
सहयोगी हातहरुको समूह (सहास) नेपाल दैलेखले कोरोना महामारीको समयमा १० लाख बराबरको सहयोग गरेको छ । स्थानीय तह, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य इकाई तथा सर्वसाधरणहरुलाई सहयोग गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री र विपन्न घरपरिवारलाई आर्थीक सहायता प्रदान गरिएको सहास नेपालद्धारा सञ्चालित नेपालको पहाडी समुदायमा दिगो खाद्य सुरक्षाका लागि जैविक विविधता तथा स्रोत व्यवस्थापन परियोजनाका अधिकृत तेजकुमार राईले बताए ।
नारायण नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरबी गाउँपालिका, महाबु गाउँपालिका, नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकामा गरी एक सय ९८ सेट पीपीई सहयोग गरिएको छ । यी स्थानीय तहहरुमा ७० वटा थर्मल गन, ५४ वटा मेडिकल किट, दुई सय ८१ वटा एन नाइन्टी फाइभ मास्क, एक हजार ७ सय १७ वटा ग्लोब्स, स्वास्थ्य संस्था र समुदायमा गरी एक हजार वटा साबुन र तीन हजार ५ सय ७२ वटा साधारण मास्क सहित ८ लाख १९ हजार १ सय ५५ रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको अधिकृत राईले जानकारी दिए ।
त्यसैगरी नारायण नगरपालिकाका आर्थिक अवस्था कमजोर भएका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने घर परिवारलाई प्रति परिवार दुई हजार रुपैयाँका दरले ७० घरधुरीलाई एक लाख ४० हजार रुपैयाँ आर्थीक सहायता प्रदान गरिएको छ । नारायण नगरपालिकाका वडा नम्बर १ का २७, वडा नम्बर ५ का २०, वडा नम्बर ८ का २२ र वडा नम्बर ९ का एक जनालाई आर्थीक सहायता प्रदान गरिएको हो ।
संस्थाका अनुसार नारायण नगरपालिकाका ४ वटा विद्यालयका ६ देखि माथिल्लो कक्षामा अध्ययनरत छात्राहरुलाई प्रतिव्यक्ति २ वटा साबुन, २ वटा मेडिकल माक्स र २ वटा सनेटरी प्याड रहेको व्यक्तिगत स्वच्छता किट तीन सय जनालाई वितरण गरिएको छ । त्रिभुवन मावी नयाँ बजार दैलेखका १ सय ४० जना, नवदुर्गा आधारभुत विद्यालय छातिकोटका ६०, वडाभैरब आधारभुत विद्यालय जुफियाँका ६०, रैनादेवी मावी टाटामाखुका ४८ जनालाई उक्त सामग्री प्रदान गरिएको हो ।
संस्थाका अनुसार कोरोना भाइरस तथा लैंगिक हिंसा विरुद्ध जानकारीमूलक सन्देशका लागि ६ वटा होडिङ बोर्ड जिल्लाको सदरमुकाम स्थित नयाँबस पार्क, ठालुडाँडा, भैरवी गाउँपालिका र महाबु गाउँपालिकामा राखिएको छ । साथै २६ वटा फेलेक्स प्रिन्ट विभिन्न स्थानीय तहका सार्वजनिक स्थानहरुमा राखिएको छ भने पम्प्लेट समेत वितरण गरिएको छ ।

प्रतिक्रिया