समृद्धिका लागि अभियान चलाउनुपर्छ ः राज्यमन्त्री

समृद्धिका लागि अभियान चलाउनुपर्छ ः राज्यमन्त्री

महेन्द्र सापकोटा
दैलेख २२ पुस २२ – दैलेख सदरमुकाममा रिपोर्टर्स क्वल नेपाल दैलेख शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले क्लवले जिल्लाको समृद्धिका लागि अभियान चलाउनुपर्ने बताएकी छन् । क्लवले सार्वजनिक रुचीका विषयदेखी सरकारी तथा राजनितिमा चनाखोका साथ उर्जागर गर्नुपर्ने शाहीले बताएकी हुन् । repoerter club
उद्घाटन कार्यक्रममा शान्ति विकास र समृद्धिको यात्रालाई मजुबुध बनाउन क्वलले योगदान गर्ने विश्वास ब्यक्त गरिन् । राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा दैलेखका कला संस्कृतीक, ऐतिहाँसिक र धार्मीक महत्वलाई उजागर गरी चिनाउन क्वलले योगदान गर्नुपर्ने राज्यमन्त्री शाहीले बताईन् ।
जिल्लाको विकासमा अनुगमन गरी खोजमुलक रुपमा यथार्थ कुराहरु चुस्तदुस्त सार्वजनिक गर्नुपर्ने उनले बताईन् । सशक्त रुपमा जिल्लाका जल्दोबल्दो समस्याहरुलाई उर्जागर गरी सम्वन्धीत निकायहरुको ध्यानआर्कषण गरी जिम्मेवार पत्रकारीतामा टेवा पु¥याउन सुझाव समेत मन्त्री शाहीले दिईन् । विशेष अतिथि दैलेख क्षेत्र नम्वर २ का सांसद लक्ष्मीप्रसाद पोखरेलले निरन्तर जिल्लाका समस्याहरु क्वल मार्फत सार्वजनिक गर्नुपर्ने सुझाव दिर्दै सफलताको सुभकामना दिए । त्यस्तै विशेष अतिथि दैलेख क्षेत्र नम्वर १ का सांसद अम्मरबहादुर थापाले जनप्रतिनिधिभन्दी संचार ठुलो भएकाले जनताको पहिलो चेतनास्तर बढाउने नै संचार भएको बताए । पत्रकारले न्यायोचित रुपमा खवरहरु लैजानुपर्ने पनि उनले बताए । सजिलै संचार क्षेत्रमा प्रवेश गरेर पत्रकार नहुने तर गुणस्तर तथा सवै खवरदारी गर्न सक्ने मात्र पत्रकार हुने समेत उनले बताए ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, पूर्व सासद राजबहादुर बुढा, सम्पूर्ण पार्टीका तर्फबाट नेपाली काँग्रेसका सभापती कृष्णकुमार विसी, नेपाल पत्रकार महासंघका अध्यक्ष नमनकुमार शाहीले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा क्वलका सल्लाहकार गोविन्ददेव भारतीले स्वागत गरेका थिएभने अध्यक्ष गोविन्द केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया