गुणस्तरीय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया

गुणस्तरीय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया

ज्वाला सन्देश सम्वाददाता
चामुण्डा, दैलेख–पौष २३ गते गुणस्तरिय पढाई तथा व्यवस्थित परिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । चामुण्डा उच्च माध्यमिक विद्यालय चामुण्डा हाडाकोटको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । chamunda1 chamunda
कार्यक्रममा विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, जिल्ला शिक्षा कार्यालय प्रतिनिधी, शिक्षक अभिभावक संघ, सुरक्षा निकायका प्रतिनिधीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथी चामुण्डा श्रोत केन्द्रका श्रोत व्यक्ति प्रेमलाल पुरीले जसरी पनि पास हुनै पर्ने सोचमा वदलि गुणात्मक शिक्षामा जोड दिनु पर्ने वताउनु भयो । उहाँले थप्नु भयो, “आगामी परिक्षा चिटलेस, साउण्डलेस, मोभलेस सहित हाम्रो चामुण्डा राम्रो चामुण्डा वनाउनु पर्ने देखिन्छ ।”
चामुण्डा उच्च माविका शिक्षक अभिभावक संघका अध्यक्ष धन कुमारी शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको अवस्था, भावि योजना तथा कार्यक्रमको वारेमा र कार्यक्रमको उद्देस्यमाथी प्राचार्य जय प्रसाद तिमिल्सेनाले प्रकास पार्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा पानी पोखरी प्रहरी चौकीका प्रमुख ऋषि प्रसाद दाहाल, वि.व्य.स. सदस्य जगत वहादुर शाहीले वोल्नु भएको थियो ।
कार्यक्रममा विद्यालयलाई शान्ति क्षेत्र वनाउन पहल गर्ने, गुणस्तरिय शिक्षामा जोड दिने, वालमैत्री विद्यालय वनाउने, विद्यालयको हाता भित्र मध्यपान तथा धुम्रपान निशेध गर्ने प्रतिवद्धता वनाएर हस्ताक्षर गरिएको थियो ।

प्रतिक्रिया