भारतमा रहेका नेपालीलाई हेल्पलाइनको सहयोग

भारतमा रहेका नेपालीलाई हेल्पलाइनको सहयोग

अमदाबाद साउन २८ गते ।
भारतमा रहेका सामाजिक संस्थाहरुले सहयोग गरेको बेला नेपाली हेल्प लाइनले भारतमा अलपत्र परेका नेपालीहरुलाई सहयोग गरेको छ । वर्षौ देखि सामाजिक रूपमा सहयोग गर्दै आएको नेपाली हेल्पलाइनले कोरोना महामारीको समय नेपालीहरुलाई राहतको लागि सहयोग गरेको हो । नेपाली हेल्पलाइनले अमदाबादमा रहेका नेपालीलाई राहत उपलब्ध गराएको नेपाली हेल्पलाइनका निर्देशक करन केसीले बताए ।
नेपाली हेल्पलाइनले पनाह फाउण्डेशनको आर्थिक राहत फण्ड प्राप्त गरेको छ । दुई लाख रुपैयाँको आर्थिक सहयोगमा नेपालीहरुलाई उपलब्ध गराईएको बताईएको छ । पनाह फाउंडेशन नामक अर्धसरकारी संस्थाले भारतमा राहतको लागि ५० लाख बढिको राहत वितरण गरेको थियो । सोहि क्रममा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्न नेपाली हेल्पलाइनलाई पनि २ लाखको सहयोग उपलब्ध गराएको थियो । पनाहले नेपालीहरुलाई सहयोगको लागि भारतको अलगअलग राज्यमा विभिन्न नेपाली संघ संस्थालाई आर्थिक सहयोग दिएको थियो ।
पनाह फाउंडेशनले नेपाली हेल्प लाइनको माध्यमले अहिलेसम्म हाम्रो नेपाल हाम्रो नेपालीलाई ३२ हजार, हैदराबादमा १९ हजार, हाम्रो नेपाल हाम्रो अभियानका निरक विष्टलाई १६ हजार, पशुपति मानव सेवा ट्रस्टका अध्यक्ष बिरबहादुर सोनीलाई २६ हजार, नेपाली जनसम्पर्क समिति सुरतलाई १९ हजार, नेपाली प्रवासी मञ्चलाई १९ हजार, नेपाली प्रवासी संघ वापी १९ हजार तथा विभिन्न संघसंस्थाहरुलाई गरी ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकमबाट अलपत्र परेका नेपालीहरुलाई सहयोग गरेको पनाह फाउंडेशनका नरेश सिजापति बताए ।

प्रतिक्रिया