सोसेकको २३ औ साधारण सभा तथा बार्षिक उत्सब सम्पन्न

सोसेकको २३ औ साधारण सभा तथा बार्षिक उत्सब सम्पन्न

दैलेख भदौ ११ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक नेपाल दैलेखको २३ औँ साधारण सभा तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ । महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका साथ संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकासको अवधारणमा काम गर्दै आएको संस्थाले साधारण सभा तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको हो । महिला तथा बालबालिकाको संरक्षण, सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको संस्थाले सिमित सहभागितामा २३ औँ साधारण सभा तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठका अनुसार विश्वव्यापी रुपमा फैलिईएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई मध्यनजर गर्दै संस्थाका कार्यसमिति पदाधिकारी, सिमित आजीवन तथा साधारण सदस्यहरुको सहभागितामा साधारण सभासँगै बार्षिक उत्सब मनाईएको हो ।
संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले विगतमा बर्षहरुमा साधारण सभा तथा बार्षिक उत्सब कार्यक्रममा ठूलो संख्यामा हुने गरेकोमा यस बर्ष कोरोना भाइरसको कारण सिमित रुपमा गर्नुपरेको बताउनुभयो । उहाँले राज्य पुर्नसंरचना पश्चात संस्थामा कार्यक्रम तथा परियोजनाहरु थपिने क्रम बढिरहेको बताउनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा पनि दैलेख, अछाम र कालिकोटमा विभिन्न सहयोग गरेको थापाको भनाई छ ।
संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले महिला र बाल अधिकारका सवाल र पछाडी पारिएका समुदायका अधिकारका लागि काम संस्थाको परिचित भएकाले संस्थाका कार्यसमिति सदस्यहरु, कर्मचारीहरुले आफ्नो ज्यान जोखिममा राखेर भएपनि काम गरेको बताउनुभयो । उहाँले संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका संयोजक सिता रानाले विगतका दिनहरुमा थुप्रै चुनौतीहरुलाई पार गर्दै संस्था यहाँसम्म आईपुग्दा गौरव महसुस भएको बताउनुभयो । एक व्यक्तिले गरेर मात्रै प्रतिफल नपाईने बताउँदै पूर्वअध्यक्ष तथा सल्लाहकार समितिका रानाले प्रतिफल प्राप्तीमा संस्थामा आबद्ध सम्पूर्ण कार्यसमिति, आजीवन, साधारण सदस्य तथा कर्मचारीहरु एकमत हुनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा सहभागि कार्यसमिति पदाधिकारी, आजीवन तथा साधारण सदस्य तथा कर्मचारीहरुलाई संस्थाका कार्यसमिति सदस्य कमला चन्दले स्वागत गर्नुभयो ।

प्रतिक्रिया