दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ

दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ

बालविवाह गरेको आरोपमा पक्राउ गरेको जोडी । तस्विर : जिल्ला प्रहरी कार्यालय दैलेखको फेसबुक पेजबाट ।

हिक्मतबहादुर नेपाली
दैलेख असोज ९ गते

बालविवाह गरेको आरोपमा दैलेख प्रहरीले दिनमा चार जनालाई पक्राउ गरेको छ । बाल विवाह गरेको आरोपमा दैलेख प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । गत भदौ १० गते दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ३ द्धारी बस्ने १७ बर्षिया ६२ दैलेख ग ३० (नाम परिवर्तन) ले नौमूले गाउँपालिका वडा नम्बर ५ नौगाउँ बस्ने १६ बर्षिया ६२ दैलेख ग २६ (नाम परिवर्तन)लाई विवाह गरी बाल विवाह गरेको भन्ने सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
ईलाका प्रहरी कार्याल्य नौमूलेबाट खटिई गएको प्रहरी टोलीले दुवै जनालाई नौमूले गाउँपालिका वडा नम्बर ३ द्धारी स्थित भविराम सुनारको घरमा विवाह गरी बसेको अवस्थामा फेला पारी शुक्रवार विहान ११ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनिहरुलाई हाल बाल विवाह सम्बन्धि कसुर (बालविवाह) मुद्धामा बाल निगरानी कक्षमा राखिएको प्रहरीले जनाएको छ । पर्सी आइतवार दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


त्यसैगरी जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ४ अवलपराजुलका २७ बर्षिया पूर्णबहादुर बुढाले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ३ चौखडा बस्ने १५ बर्षिया बालिका ६२ दैलेख ‘ग २२’ लाई गत भदौ ३० गते विवाह गरी बाल विवाह गरेको भन्ने सूचनाका आधारमा दुवैलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिई गएको प्रहरी टोलीले दुवै जनालाई डुङ्गेश्वर गाउँपालिका वडा नम्बर ४ अवलपराजुल स्थित पूर्णबहादुर बुढाको घरमा विवाह गरी बसेको अवस्थामा फेला पारी असोज ६ गते मंगलवार पक्राउ गरेको हो । प्रहरीका अनुसार कानुन बमोजिम जाहेरी दरखास्त लिई दुवै जनालाई विवाह सम्बन्धि कसुर (बालविवाह) मुद्धामा दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया