जिल्ला प्रहरी कार्यालय दैलेखले जारी ग¥यो चार्डपर्व सुरक्षा सम्बन्धी अनुरोध

जिल्ला प्रहरी कार्यालय दैलेखले जारी ग¥यो चार्डपर्व सुरक्षा सम्बन्धी अनुरोध

दैलेख असोज १८ गते ।
जिल्ला प्रहरी कार्यालय दैलेखले नजिकीदै गरेको चार्डपर्व लक्षित सुरक्षा सम्बन्धि अनुरोध सार्वजनिक गरेको छ । आइतवार एक विज्ञप्ती जारी गर्दै दैलेख प्रहरीले नजिकिँदै गरेको चार्डपर्व लक्षित विभिन्न अनुरोध गरेको छ ।

यस्ताे त प्रहरीकाे अनुराेध ।
कोरोनाको महामारिमा घर भित्र बसि चार्डपर्व मनाऔ,बाहिर भिडभाड नगरी सामाजिक दुरी कायम गरौँ ।
 घर छोडि हिड्ने बेलामा आफ्नो घरको झ्याल,ढोका राम्रोसँग बन्द गरी नजिकको बिश्वासिलो छिमेकि तथा प्रहरी लाई खवर गरी जानुहोस ।
 आफ्नो घर कोठामा भाडामा बस्ने ब्यक्ती तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम,थर,वतन खुलाई फोटो सहितको अभिलेख राख्नु होस ।
 बहुमुल्य गर र गहना लगाएर कुनै मठमन्दिर,मेला,पर्व तथा भिडभाडमा नहिँड्नुहोस र चनाखो रहनुहोस ।
 भिड्भाड हुने स्थानहरुमा सामान चोरी तथा पकेटमारी,गरगहना लुट्न सक्ने हुँदा चनाखो रहनुहोस ।
 यात्राको क्रममा अपरीचित मानिसहरुसँग धेरै घुलमिल भई व्यक्तिगत गोप्यता नखोल्नुहोस् र उनिहरुले दिएको कुनै पनि खाने कुराहरु नखानुहोस ।
 चार्ड पर्वको नाममा कानूनद्धारा प्रतिबन्धित जुवा,तास नखेल्नुहोस् र खेल्न नदिनुहोस तथा पटेका जन्य पदार्थ नपड्काउनुहोस् ।
 घरेलु मदिराको विक्रि वितरण नगर्नुहोस ।
 आफ्नो टोल छिमेकमा अपरिचित व्यक्तिहरि घुमफिर गरिरहेको देखेमा निग्रानी राख्नुहोस् र नजिकको प्रहरीलाई खबर गर्नुहोस् ।
 नशालु वा मादक पदार्थ सेवन गरी सवारी नचलाउनु होस,हतार नगर्नुहोस् र सुरक्षित रुपमा यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउनुहोस ।
 आफ्नो कमजोरीका कारण अपराधिलाई अपराध गर्ने मौका नदिनुहोस् , सचेत भई सुरक्षित रहनुहोस ।
 चार्ड पर्व मनाउने नाउँमा मादक पदार्थ तथा नशालु पदार्थ सेवन नगर्नुहोस् जसको कारण रमाईलो समय क्षणभरमै दुखमा परिणत हुन सक्छ ।
 अपराध नियन्त्रण रहित समाजको निर्माणमा सदैव प्रहरीलाई सहयोग गरौँ ।
 कुनै पनि समस्या परेमा नजिकको प्रहरी लाई खबर गर्नुहोस् तथा १०० नम्बरमा फोन गर्नुहोस् ।

प्रतिक्रिया