बाल विवाह विरुद्ध ‘एभि अभियान’

बाल विवाह विरुद्ध ‘एभि अभियान’

दैलेख असोज २२ गते ।
नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । तर, दैलेखमा बाल विवाह गर्ने बालबालिकाको संख्या बर्षेनी बढ्दो छ । सानै उमेरमा भागेर विवाह गर्ने बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको विभिन्न तथ्यांकले देखाउँछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनमा समेत बाल विवाह रोकिएन् ।
जिल्लामा बढ्दो बाल विवाह विरुद्ध ‘एभि अभियान’ सुरु गरिएको छ । बढ्दो बाल विवाह न्यूनिकरणका लागि चेतनामुलक कार्यक्रम स्वरुप ‘एभि अभियान’ सञ्चालन गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, बाल हेल्पलाइन १०९८ (दश नौ आठ) को संयोजन तथा जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखको सहकार्यमा अभियान थालिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए ।
प्रविधिको उपयोग गरेर बाल विवाह विरुद्ध सचेतनामुलक कार्यक्रमको थालनी गरिएको श्रेष्ठको भनाई छ । अभियानमा बाल विवाह, बाल विवाह किन हुन्छ ? बाल विवाहले निम्त्याउने समस्या तथा असरहरु, बाल विवाह सम्बन्धि बनेका कानुनी प्रावधान, बाल विवाह अन्त्य गर्न सरोकारवाला निकायहरुको भूमिका लगाएतका विषयहरु समावेश गरिने उप–कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । अभियानमा प्रहरी, प्रशासन, स्थानीय तहका जनप्रतिनीधि, नागरिक समाज, अभियान्ताहरुको सचेतनामुलक सन्देश समावेश गरिनेछ ।
त्यसैगरी बाल विवाह गरी हाल विभिन्न समस्या झेलिरहेका व्यक्तिहरुको भोगाईहरु अडियो तथा भीडियो मार्फत अभियानमा समावेश गरिनेछ । त्यस्ता अडियो तथा भिडियोहरु सामाजिक सञ्जाल युट्युब, फेसबुक मार्फत प्रकाशन, प्रशारण गरिनेछ ।
बाल विवाहले निम्त्याउने समस्या यस्ता छन् :
१. शारीरिक तथा मानसिक रोगको शिकार हुने ।
२.बालविवाहपछि स्वास्थ्य र शिक्षाको अधिकारसमेत गुमाउँछन् ।
३.घरमा विभेद र घरेलु हिंसा सहन बाध्य हुने, कामको बोझ बोक्नुपर्ने ।
४.कमै उमेरमा सन्तान जन्माउँदा आमा शिशुको मृत्यु हुने जोखिम उच्च हुन्छ । अपांगता भएका सन्तान जन्मन सक्छन् ।
५. विवाहपछि बालवालिकाको पढाइ बिग्रन्छ, बिरामी हुने, छिटो विवाह गर्दा छिटो बच्चा जन्मने, बालबालिकाको मानसिक शक्तिको विकास हुनबाट बञ्चित हुन्छ ।
६.गर्भाअवस्था तथा सुत्केरी हुँदा घरपरिवारबाट सहयोगी ब्यबहार नहुने, शारीरिक तथा मानसिक विकास हुन पाउँदैन ।
७. व्यवहारिक कुरा बुझ्न नपाउँदै जीवन बर्बाद हुन सक्ने, यौनांगलाई हानी हुनसक्ने र परिवार चलाउन गाह्रो हुने ।
‘एभि अभियान’ अन्तरगर्त पहिलो एपिसोड ज्वाला सन्देश प्रा.ली.को आधिकारीक युट्युब च्यालनमा सार्वजनिक गरिएको छ ।
पुरा भीडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
बाल विवाह विरुद्ध ‘एभि अभियानस एपिसोड १ ।

प्रतिक्रिया