मृगौला पीडितलाई सोसेकको सहयोग

मृगौला पीडितलाई सोसेकको सहयोग

ज्वाला सन्देश संवाददाता
दैलेख कात्तिक १६ गते ।

दुवै मृगौला बिग्रेर आर्थिक अभावका कारण प्रत्यारोपण गर्न नसकेकी नौमूले गाउँपालिका–१ तोली घर भई हाल नारायण नगरपालिका–६ काँडाचौरमा कोठाभाडामा बस्दै आएकी ३५ बर्षिया रिमा विकलाई सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित महिला र बालबालिका केन्द्र, बाल हेल्पलाइन १०९८ ले आर्थिक सहयोग उपलब्ध गराएको हो । महिला र बालबालिका केन्द्र, बाल हेल्पलाइन १०९८ मा रहेको जोखिममा परेका महिला तथा बालबालिकाको लागि आर्थिक सहयोग पेटिकाबाट ५ हजार रुपैयाँ सहयोग गरिएको महिला र बालबालिका केन्द्र, बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले जानकारी दिइन् । उपचारका लागि थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यले रकम प्रदान गरिएको श्रेष्ठले बताइन् ।
आइतवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले सहयोग रकम रिमाका पति मनिलाल विक र छोरी प्रतिक्षा विकलाई हस्तान्तरण गरिन् । रकम हस्तान्तरण गर्दै कार्यवहाक अध्यक्ष जैसीले थप सहयोगको लागि अपिल समेत गरिन् । सहयोगी हातलाई पीडितका पति मनिलालले खुसी ब्यक्त गर्दै धन्यवाद दिए ।
मृगौला प्रत्यारोपण र थप औषधि निकै महंगो भएकोले श्रीमतीको मृगौला प्रत्यारोपण गर्न नसकेको पति मनिलालले बताए । रिमाको श्रीमान र चार छोराछोरी र छन् । हाल काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल, मोनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छिन् ।

प्रतिक्रिया