नेपालको सीमा नमिचेको प्रमाण दिन चीन सरकारलाई शाहीको चुनौती

नेपालको सीमा नमिचेको प्रमाण दिन चीन सरकारलाई शाहीको चुनौती

सुर्खेत : नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नेपाली भूमि चीनले मिचेको भनेर ‘हल्ला’ फैलिनुमा शाहीको हात रहेको समाचार प्रकाशित गरेको थियो । कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको दाबी ग्लोबल टाइम्सले गरेको छ ।

पूर्वमन्त्री एवम् कर्णाली प्रदेशको प्रमुख विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेका आरोप खारेज गरेका छन् र नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौती दिएका छन् । शाहीको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका थिए र पछि नेपाली कांग्रेसले त्यसलाई अपनत्व समेत लिएको थियो ।

प्रतिक्रिया