प्रत्येक सय सेकेन्डमा एक बालबालिका एचआईभी संक्रमित !

प्रत्येक सय सेकेन्डमा एक बालबालिका एचआईभी संक्रमित !

न्युयोर्क : हरेक एक मिनेट ४० सेकेन्डको अन्तरमा एक बालबालिका वा किशोरकिशोरी (२० वर्ष मुनिका) एचआईभीबाट संक्रमित हुने गरेको तथ्य खुलासा भएको छ ।संयुक्त राष्ट्रसंघको गत वर्षको तथ्यांक अनुसार यस्तो खुलासा भएको हो । संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय बालबालिका आपतकालिन कोष (यूनिसेफ)ले यही बुधबार यसबारे तथ्यांक सार्वजनिक गरेको हो ।झण्डै ३ लाख २० हजार बालबालिका र किशोर किशोरीहरु गत वर्ष संक्रमित हुनुका साथै १ लाख १० हजार बालबालिका एचआईभीबाट मृत्यु भएको तथ्यांक यूनिसेफले सार्वजनिक गरेको हो । यूएनको रिपोर्ट अनुसार विश्वभर झण्डै आधा बालबालिकाको जीवनरक्षाका लागि उपचारमा पहुँच पुग्न सकेन ।

‘बालबालिकाहरु संक्रमित हुने दर अझै डरलाग्दो रुपमा बढेको छ, र उनीहरु झै पनि एड्सबाट मरिरहेका छन्, यो कोभिड १९ भन्दा पहिले पनि थियो, र एचआईभी उपचार र रोकथाम सेवामा अवरोध थियो,’ यूनिसेफका कार्यकारी निर्देशक हेनरित्ता फोरको भनाइ छ ।यूनिसेफका अनुसार कोभिड १९ महामारीले गर्दा एचआईभी पीडित बालबालिकाको जीवन रक्षाको सवालमा असमानता थपिदिएको छ । यस्तै किशोरकिशोरीहरु र गर्भवती महिलाहरु पनि जोखिममा रहेको बताइएको छ । ‘विश्व अहिलेको विश्वव्यापी महामारीविरुद्ध संघर्ष गरिरहँदा दशौँ हजार बालबालिकाहरु एचआईभी महामारीको पीडामा छटपटाइरहेका छन्,’ यूनिसेफका कार्यकारी निर्देशक फोरले बताइन् ।

प्रतिक्रिया