१४ बर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

१४ बर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आफ्नै छोरी बलात्कारको आरोपमा पक्राउ परेका पुरुष । तस्विर सौजन्यः जिल्ला प्रहरी कार्यालय दैलेख

हिक्मतबहादुर नेपाली
दैलेख :
दैलेखमा आफ्नै छोरी बलात्कारमा संलग्न बाबु पक्राउ परेका छन् । आफ्नै १४ बर्षीया छोरी बलात्कार गरेको आरोपमा ३८ बर्षीया पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । ती पुरुषले गत शुक्रवार दिउँस साढे चार बजेको समयमा घरमा कोही नभएको मौका छोपी ललाई–फकाई आफ्नै छोरी माथी बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । पक्राउ परेका ती पुरुष माथी कानुन बमोजिम मुद्धा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया