बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या

बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या

 ९ जनाले आत्मसमर्पण गरे, थानाध्यक्ष अझै फरार

बर्दिया : भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेका ९ जना आरोपीहरुले आत्मसर्पण गरेका छन् ।शनिबार कुण्डवा चैनपुर थानामा उनीहरुले आत्समर्पण गरेको बिहार प्रहरीले जनाएको छ ।एक साताभित्र गिरफ्तारी नदिए घर सम्पत्ती जफत हुने अदालतको सूचनाको म्याद सकिन एक दिनअघि उनीहरुले आत्मसमर्पण गरेका हुन् । कुण्डवा चैनपुर नवनियुक्त थानाध्यक्ष मिथीलेश कुमार यादवले कान्तिपुरसँग टेलिफोनमा बताए अनुसार ९ जना मध्ये ४ जनाले बालिकामाथि दुष्कर्म गरी हत्या गरेको आरोप छ । घर बेटी सियाराम साहका छोरा विनयमाथि दुष्कर्म र हत्याको अभियोग छ । अन्य सातविरुद्ध जबरजस्ती प्रमाण मेटाउने र जलाएको आरोप छ ।

यसैगरी प्रमाण मेटाउन र शव जलाउन सहयोग गर्ने कुण्डवा चैनपुर थानाका तात्कालीन थानाध्यक्ष सञ्जिव रञ्जन फरार रहेका छन् । गत माघ ८ गते बारबर्दिया नगरपालिका—३ कि १२ वर्षीया बालिका सुमित्रा विकलाई भारत बिहार राज्यमा सामुहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बिहार राज्यको पूर्वी चम्मारण जिल्लामा परिवारका साथ बस्दै सुमित्रामाथि सामूहिक बलात्कारपछि हत्या गरी जलाइएको थियो ।

प्रतिक्रिया