बहुविवाह मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

बहुविवाह मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ

दैलेख : बहुविवाह मुद्दाका फरार अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको नारायण नगरपालिका–६ टेकराज केसी र उनका कान्छि श्रीमती तृती केसी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनिहरुलाई सोमवार पक्राउ गरिएको हो ।
बहुविवाह कसुरमा दैलेख जिल्ला अदालतले २०६२ माघ ९ गते दुई बर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका दुई जनालाई कैद भुक्तानका लागि दैलेख जिल्ला अदालतमा उपस्थित गराईएको दैलेख जिल्ला कारागार चलान गरिएको दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया